1 year ago
July 7, 2024
एजेन्सी – पाँच टि-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ । हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पर्दै शृंखलामा बराबरी गरेको हो ।
भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो ।
घरेलु टोलीका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक ४३ रन जोडे । लुक जोङवेले ३३ तथा ब्रायन बेनेटले २६ रन बनाए ।
भारतका लागि मुकेश कुमार र आभेश खानले समान ३-३ विकेट लिए । रवि विश्नोइले २ तथा वाशिंटन सुन्दरले १ विकेट लिए ।
त्यसअघि टस ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट मात्र गुमाएर २३४ रनको विशाल योगफल जोडेको थियो । भारतका लागि अभिषेक शर्माले ४७ बलमा ७ चौका र ८ छक्का सहित १०० रन पूरा गरे ।
रुतुराज गाइक्वाडले ४७ बलमा ११ चौका र १ छक्का सहित ७७ रन बनाएर अविजित रहे । रिंकु सिंह २२ बलमा ४८ रनमा अविजित रहे । शुभमन गिल १ रनमा आउट भएका थिए ।
जिम्बाब्वेका लागि बलेसिङ मुजराबानी र वेलिङटन मसाकाड्जाले समान १-१ विकेट लिए ।
५ खेल शृंखला अन्तर्गतको पहिलो खेलमा घरेलु टोली विजयी भएको थियो । शृंखलाको तेस्रो खेल बुधवार हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]