5 months ago
July 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – उदियमान स्पाइकर जेनिशा विश्वकर्माले माल्दिभ्समा आयोजना हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीको कप्तानी सम्हाल्ने भएकी छिन् ।
पछिल्लो ९ दिनको बन्द प्रशिक्षण दौरान उनमा नेतृत्व गर्न सक्ने क्षमता देखिएका कारण उनलाई कप्तानीको जिम्मेवारी प्रदान गरिएको प्रशिक्षण टोलीले जनाएको छ ।
नैकापमा रहेको न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट घरेलु भलिबल खेलिरहेकी जेनिशाले उमेर समूहसँगै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् । उनी अहिले डायमण्डकाे महत्वपुर्ण सदस्य बनिसकेकी छिन् ।
उनकै अलराउन्ड प्रदर्शनमा बागमती प्रदेश २०७८, २०७९ र २०८० को राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बन्न सफल भएकाे थियाे ।
२०७८ को सुरुवातबाटै भलिबलमा पाइला चालेकी उनले यो अवधिमा थुप्रै उपलब्धि हासिल गरिसकेकी छिन् ।
जेनिशा यो स्थानसम्म आइपुग्न उनका प्रशिक्षक कुमार राई तथा पहल गर्ने पूर्व पत्रकार एवम् समाजसेवी जीवनाथ खनाल र राजेन्द्र पोखरेलको योगदान छ । खाँदबारी नगरपालिका वडा नम्वर १ पिप्ले संखुवासभाकी जेनिशाको पारिवारिक स्थिति दयनिय नै रहेको खनाल बताउँछन् ।
उनले बुवाको माया अनि आमालाई राम्रोसँग चिन्न पाइनन् । हजुर बुवा र हजुर आमाको काखमा हुर्किएकी उनी हजुर आमा र हजुर बुवालाई नै आफ्नो आमा र बुवा सम्झन्छिन् ।
खेलमा रुची तर, घरको कमजोर आर्थिक अवस्था देखेका खनालले काठमाडौंमा कुमार राईले आर्थिक अवस्था कमजोर रहेकाहरुलाई आवाससहित शिक्षा र खेल्ने वातावरण प्रदान गरिरहेको थाहा पाएपछि उनीसँग सम्पर्क गरेका थिए ।
तर, होस्टेलमै धेरै जना भइसकेको र आर्थिक बोझ बढ्ने भएकाले न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक राईले तत्कालै जेनिशालाई काठमाडौं ल्याउन चाहिरहेका थिएनन् ।
आफ्नो कुरा राईले इन्कार गरेको अनुभव भएपछि खनालले राईका मित दाई राजेन्द्र पोखरेलमार्फत जेनिशालाई जसरी पनि काठमाडौं लैजान जोडबल गरेपछि उनी राजी भएका थिए। ‘मित दाई राजेन्द्र पोखरेलको आग्रहलाई काट्न नसकेपछि जेनिशालाई काठमाडौं ल्याउन तयार भए,’ प्रशिक्षक राइले भने ।
त्यसपछि काठमाडौंमा जेनिशाको पढाइसँगै खेलको नयाँ अध्याय सुरु भएको थियो । ७ कक्षाबाट न्यु डायमण्डमा पढ्न सुरु गरेकी उनी अहिले १० कक्षमा पढ्छिन् । उनी पढाइसँगै खेलमा पनि उत्तिकै अब्बल रहेको प्रशिक्षक राईले बताए ।
‘उनी एकदमै अनुशासित र मिहेनती छिन् । कप्तानी सम्हाल्नेसम्मको स्तरमा आइपुग्न उनको अनुशासन र मिहेनत छ,’ यु–२० टोलीको मुख्य प्रशिक्षकसमेत रहेका राईले भने, ‘बोल्न माहिर अनि उनीमा कमान्ड गर्न सक्ने क्षमता छ । उनीमा धेरै सम्भावना छ ।’
यो तीन वर्षको अवधिमा उनी जुनियर स्तरमा सर्वाेत्कृष्ट खेलाडी भइसकेकी छिन् । सिनियर लेभलमा पनि व्यक्तिगत विधामा अवार्ड जितिसकेकी छिन् । बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी समेत हुन् । भलिबल खेल्न थालेको तीन वर्षमै उनले टोलीमा योगदान गरिरहेका छन् । नतिजा उल्ट्याएको स्थिति पनि छ ।
काभा यु–२० महिला भलिबल च्याम्पियनसिप आगामी १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्रको सहभागिता रहेको छ । यस्तै किर्गिस्तान र श्रीलंका रहेका छन् ।
नेपालले १८ जुलाईमा श्रीलंकासँग खेल्दै काभा यु–२० महिला भलिबल च्याम्पियनसिपकाे सुरुवात गर्नेछ । १९ जुलाईमा किर्गिस्तान र २० जुलाईमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुवै विजेताले फाइनल खेल्नेछ । नेपाली टोली जुलाई १६ मा त्यसतर्फ प्रस्थान गर्नेछ ।
काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि अन्तिम १२ सदस्यीय टोली छनोट भइसकेको छ । संघले यसै महिना काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनबाट खेलाडी छनोट गरेको हो ।
सबैभन्दा धेरै बागमती प्रदेशबाट प्रतिनिधित्व गरेका न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन् । एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्बिनी प्रदेशका ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन् ।
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ र एन्जिला प्रधान न्यु डायमण्डकी हुन् । मिना सुनार, अनुषा चौधरी, निशा चौधरी र आरती चौधरी एभरेस्टका तथा स्नेहा ठगुन्ना आर्मी र आशिका क्षेत्री पुलिसकी हुन् ।
यु–२० महिला टोली
जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री
वैकल्पिक – सोइङ थापा, प्रतिभा चौधरी, रेविका लामा तामाङ, मोनिका विष्ट, र जिना राना
मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टिम व्यवस्थापक – जुनु पुन
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय युवा ओपनर अभिषेक शर्माले टि ट्वान्टी क्रिकेटमा २८ बलमै शतक पूरा गरेका छन् । भारतको राष्ट्रिय घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा उनले पञ्जाबबाट मेघालयविरुद्ध २८ बलमा शतक हानेका हुन् । १ सय ४३ रनको लक्ष्य ९.३ ओभरमा पूरा गर्ने क्रममा उनले २९ बलमा ८ चौका र ११ छक्कासहित कुल […]
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व ओपनर तथा विकेटकिपर सुवास खकुरेलले सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । सन् २०११ डिसेम्बरमा हङकङविरुद्ध डेब्यू गरेका उनले २०२२ जुनमा ओमानविरुद्ध अन्तिम खेल खेलेका थिए । पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएका उनले सन्न्यास लिएको जनाएका हुन् । ‘मेरो परिवार, सहकर्मी, […]