1 year ago
July 11, 2024
सुशिल पन्त क्षेत्री, चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल बुधबार आई स्टडी जि ब्वाइज र सौराहा युवा समाज विजयी भएका छन् ।
पहिलो खेलमा जि व्बाइजले पानस युवा क्लबलाई २-० ले पराजित गर्यो । टोलीलाई जित दिलाउन प्रयास तामाङ र निशान्त परियारले गोल गरे ।
खेलको २६ औं मिनेटमा प्रयासको गोलमा जि व्बाइजले अग्रता लिएको थियो । ५९ औं मिनेटमा निशान्तले गोल गरे । निशान्त प्लेयर अफ म्यान अफ दि म्याच भए ।
यो जितपछि जि ब्वाइजले समूह ए मा २ खेलमा ३ अंंक भएको छ । समान खेलमा पानसको पनि ३ अंंक नै छ ।
अर्को खेलमा सौराहाले नारायणी एफसीलाई ३-१ ले हरायो । उसको जितमा सुशील घलान, सौरभ लामा र अवेश शाहीले गोल गरे । नारायणीका सुबिर गुरुङले एक गोल फर्काए ।
खेलको २९ औं मिनेटमा गोल गर्दै सुशिलले सौराहालाई अग्रता दिलाए । ४२ औं मिनेटमा गोल गर्दै सौरभले अग्रता दोब्बर बनाए । ४४ औं मिनेटमा अवेशले गोल गरेपछि सौराहाले ३-० को अग्रता लियो ।
६८ औं मिनेटमा सुबिरले नारायणीका लागि गोल गरे पनि हार टार्न सकेनन् । सौराहाका सौरभ प्लेयर अफ दि म्याच भए । यो जितपछि सौराहा ३ खेलमा ५ अंंकसहित समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको नारायणी अंंकबिहिन हुँदै तालिकाको पुछारमा छ ।
लिगमा बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो २:३० बजे हर्दी युवा समाज र नारायणगढ एफसी तथा दोस्रो खेलमा दिउँसो ४:३० बजे एभरेष्ट क्लब चितवन र यात्रा ग्रुप भरतपुरबीच हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]