default_image

1 year ago

September 4, 2024

एक खेलअघि नै न्यु डायमण्ड र एपिएफ फाइनलमा

2742 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको महिलातर्फ टिप टप न्यु डायमण्ड युथ स्पोटर्स क्लब र एपिएफ क्लबले‌ लगातार दोस्रो जित निकालेका छन् ।

पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण स्थगित भएको छ ।

पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा बुधवार भएको महिलातर्फको खेलमा न्यु डायमण्डले गण्डकीलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेटमा २५-१३ ले हराएको डायमण्डले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।

विहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिला सुरु भएको थियो । न्यु डायमण्डले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई ३-० कै सोझो सेटमा हराएको थियो ।

अर्को खेलमा एपिएफले एभरेष्टलाई ३-० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५-१० र दोस्रो सेट २५-११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टलाई २५-१३ ले हराउँन सफल भएको हो ।

न्यु डायमण्ड र एपिएफको समान ६ अंक छ । एक अर्काको सामना गर्नुअघि दुई टोली फाइनल पुगेका छन् । लिग चरणमा यि दुई टोलीबीचको खेल बिहीवार हुनेछ।
गण्डकी र एभरेष्ट भने अंक विहिन छन् ।

४ टोलीको‌ सहभागिता रहेको महिला र पुरुष दुवैतर्फ अंक तालिकाको शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।

पुरुषतर्फ पुलिसले ट्राभल इन्क्वाइरी गलकोटलाई ३-० को सोझो सेटमा हरायोयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५-१२, दोस्रो सेटमा २५-१७ र तेस्रो सेटमा २५-२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको ६ अंक छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो ।

दिनको अन्तिम खेलमा गण्डकी र एपिएफ प्रतिस्पार्धा गर्दैगर्दा दोस्रो सेट सकिदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १-१ सेट जितेका थिए ।

गण्डकीले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९-२५ ले गुमाएको थियो । स्थगित एपिएफ र गण्डकीको खेलसहित लिगका बाँकी खेल बिहीवार हुने प्रतियोगिता संयोजक शंकर केसीले जानकारी दिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.