default_image

1 year ago

September 21, 2024

धादिङमा फुटबल र मिनि म्याराथन हुने

598 views

0 Bookmark

धादिङ (हाम्रो खेलकुद) – धादिङकाे निलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा चौथो खुल्ला सेभेन ए साइड नकआउट फुटबलसँगै खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

कुपा युवा समाजको आयोजनामा विजया दशमी तथा दीपावलीको अवसरमा असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म फुटबल तथा खुल्ला १० किलोमिटर मिनि म्याराथन दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष हर्क गुरुङले जानकारी दिए । मिनि म्याराथन कात्तिक १ गते कोजाग्रत पुर्णिमाको दिन हुनेछ ।

फुटबलको विजेताले ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ । सेमिफाईनलमा पराजित हुनेले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, गाेलरक्षक, उच्च गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । फुटबल प्रतियोगितामा सहभागीको लागि टिम दर्ता शुल्क ६ हजार तोकिएको छ ।

यसैगरी मिनि म्याराथन दौडमा पहिलाे हुनेलाई २२ हजार रुपैयाँसहित प्रमाण पत्र र मेडल तथा दाेस्राेले ११ हजार रुपैयाँसहित प्रमाण पत्र र मेडल प्रदान गरिने । उत्कृष्ट चारलाई विशेष पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ खेलकुद मार्फत सबै खेलप्रेमी साथै ग्रामिण भेगमा लुकेर बसेको प्रतिभाहरु लाई प्रस्फुटन गर्नको लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अरुण गुरुङले जानकारी दिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.