default_image

1 year ago

September 27, 2024

बहराइसँगको‌ हारपछि नेपालको समूह चरणबाट बाहिरियो

1318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटमा शुक्रवार नेपाल‌ बहराइनसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। तेस्रो हारमा नेपालको छनोटको यात्रा समाप्त भएको छ।

समुह चरणको अन्तिम खेलमा कमजोर नेपाल विरूद्ध बहराइन खेल अवधिभर नै हाबी रहयो। खेलको २८औं मिनेटमा सामी बासामको फ्रि-किक प्रहार सिधेै गोलमा परिणत भएपछि बहराइनले १-० को अग्रता बनायो।

यसपछि पहिलो हाफको इन्ज्युरी टाइममा खालिद अल्खलाफले बहराइनको अग्रता दोब्बर पारे। पहिलो हाफमा २-० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन।

सामी बासामले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। यसपछि ८४औं मिनेटमा अलि अहमद हसनले अर्को एक गोल थपेसँगै बहराइनले नेपाल विरूद्ध ४-० को रवाफिलो जितमा छनोटको संभावनालाई कायमै राखेको छ।

बहराइनले आइतवार उज्वेकिस्तानको सामना गर्नेछ।
बहराइनले ३ खेलमा ६ अंक बनाएको छ। नेपालको यो तेस्रो हार हो। एक खेलमा मात्र जित निकालेको नेपाल ३ अंक सहित समूह चरणबाट बाहिरियो।

यसअघि नेपाल उज्वेकिस्तानसँग ६-० र क्याम्बोडियासँग ४-१ ले हारेको थियो। नेपालले चाइनिज ताइपेइलाई भने ३-१ ले हराएको थियो।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.