default_image

1 year ago

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

522 views

0 Bookmark

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ।

निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो।

किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो ।

७५औं मिनेटमा फर्नान्डेजले गोल गरे।  इन्ज्युरी समयको पाँचौं मिनेटमा जोर्डन अय्युले पेनाल्टीमा लेस्टरका लागि गोल गरे ।

१२ खेलमा‌ २२ अंक‌ जोडको चेल्सी तेस्रो स्थानमा छ।समान खेलबाट १० अंक जोडेको लेस्टर १६औं स्थानमा छ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.