1 year ago
November 26, 2024
एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ ।
मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ ।
जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले १८.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका् जितमा ओपनर अयुबले नट आउट रहँदै सर्वाधिक १ सय १३ रन जोडे । उनले ६२ बलमा १७ चौका र ३ छक्का प्रहार गरेका थिए । अर्का ओपनर अब्दुल्लाह शफिकले ४८ बलमा ४ चौकाको सहयोगमा नट आउट ३२ रन जोडे । जिम्बाब्वेले ५ बलरको प्रयोग गरेपनि कुनै विकेट लिन सकेन ।
त्यसअघि बुलुवायोमा रहेको क्निस स्पोट्स क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ३२.३ ओभरमा अल आउट हुदै १ सय ४५ रनको सामान्य योगफल तयार गरेको थियो ।
जिम्बाब्वेका लागि डियोन मेर्सले ३० बलमा सर्वाधिक ३३, सेन विलियम्सले ३९ बलमा ३१, सिकन्दर राजाले १७ बलमा १७ रन जोडेका थिए । पाकिस्तानका लागि अब्रार अहमदले ४, सलमान आगाले ३ तथा सइम अयुब र फैसल अक्ररमले समान १ विकेट लिएका थिए ।
पहिलो ओडिआईमा आइतवार जिम्बाब्वे डकवर्थ लुईस मेथडमा ८० रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो ओडिआई बिहीवार रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]