default_image

1 year ago

November 26, 2024

अयुबको शतकमा जिम्बाब्वेमाथि पाकिस्तानको सहज जित

745 views

0 Bookmark

एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ ।

मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ ।

जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले १८.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका् जितमा ओपनर अयुबले नट आउट रहँदै सर्वाधिक १ सय १३ रन जोडे । उनले ६२ बलमा १७ चौका र ३ छक्का प्रहार गरेका थिए । अर्का ओपनर अब्दुल्लाह शफिकले ४८ बलमा ४ चौकाको सहयोगमा नट आउट ३२ रन जोडे । जिम्बाब्वेले ५ बलरको प्रयोग गरेपनि कुनै विकेट लिन सकेन ।

त्यसअघि बुलुवायोमा रहेको क्निस स्पोट्स क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ३२.३ ओभरमा अल आउट हुदै १ सय ४५ रनको सामान्य योगफल तयार गरेको थियो ।

जिम्बाब्वेका लागि डियोन मेर्सले ३० बलमा सर्वाधिक ३३, सेन विलियम्सले ३९ बलमा ३१, सिकन्दर राजाले १७ बलमा १७ रन जोडेका थिए । पाकिस्तानका लागि अब्रार अहमदले ४, सलमान आगाले ३ तथा सइम अयुब र फैसल अक्ररमले समान १ विकेट लिएका थिए ।

पहिलो ओडिआईमा आइतवार जिम्बाब्वे डकवर्थ लुईस मेथडमा ८० रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो ओडिआई बिहीवार रहेको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.