1 year ago
December 1, 2024
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा सिजनमा पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ ।
शनिबार राति भएको खेलमा लास पाल्मासले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको हो । पाल्मासले बार्सिलोनामा ५० वर्षपछि जित हासिल गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा पाहुना टोलीका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले गोल गरे । बार्सिलोनाका लागि राफिन्हाले सान्त्वना गोल फर्काए ।
खेलको ४९औं मिनेटमा रामिरेजको गोलमा पाहुना टोलीले अग्रता लिएको थियो । ६१औं मिनेटमा बार्सिलोनाका राफिन्हाले बराबरी गोल फर्काए । त्यसको छ मिनेट पछि नै पाल्मसका लागि फाबियोले गोल गर्दै टोलीलाई एतिहासिक जित दिलाए ।
जितसँगै पाल्मास १५ खेलमा १५ अंकका साथ १४औं स्थानमा छ । समान खेलबाट ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथलेटिको मड्रिड भन्दा बार्सिलोना २ अंकले अघि रहेको छ । एथलेटिकोको १५ खेलबाट ३२ अंक रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]