1 year ago
December 1, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ ।
आर्सनलले शनिवार वेस्ट ह्याममाथि ५-२ ले हरायो। वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनलको जितमा बुकायो साका, ग्याब्रियल, लियान्ड्रो ट्रोसार्ड, मार्टिन ओडेगार्ड र काई हाभर्ट्जले गोल गरे ।
घरेलु टोलीका लागि भने इमेर्सन र आरोन विसाकाले गोल गरे । सबै गोल पहिलो हाफमा सम्भव भएको थियो।
खेलको १०औं मिनेटमा ग्याब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। २७औं मिनेटमा आर्सनलका ट्रोसार्डले गोल गर्दै अग्रता दोब्बरको बनाए । ३४औं मिनेटमा मार्टिनले पेनाल्टिमार्फत गोल गर्दै आर्सनललाई ३-० को स्थितिमा पुर्याए । हाभर्ट्जले ३६औं मिनेटमा आर्सनलका लागि अर्को गोल गरे ।
त्यसको ३८औं मिनेट र ४०औं मिनेट पछि वेस्ट ह्यामले गोल फर्काउदै खेलमा फर्कने संकेत गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा साकाले आर्सनलका लागि थप गोल गरे ।
जितसँगै १३ खेलमा २५ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल शीर्ष स्थानमा छ ।
वेस्ट ह्याम १३ खेलमा १५ अंकका साथ १४औं स्थानमा छ ।शनिबारका अन्य खेलमा नटिङघम फरेस्टले इपस्विच टाउनलाई १-०,ब्रेन्टफोर्डले लेस्टर सिटीलाई
४-१ र बर्नमाउथले उल्भ्सलाई ४-२ ले पराजित गर्यो।
क्रिस्टल प्यालेस र न्युकासल युनाइटेडले १-१ को बराबरी खेले ।
तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीबीच आज प्रतिस्पर्धा हुनेछ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]