default_image

11 months ago

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

2282 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ ।

मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो ।

नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित मोनाले आइतवार भएको फाइनलमा राष्ट्रिय टोलीकै सदस्य रहिसकेका दिल सुनारसम्मिलित गल्कोट समाज अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

फाइनलको पहिलो सेट मोनाले २५–१८ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा मोनाले गल्कोटको सेट प्वइन्टलाई रोक्दै २६–२४ ले जित निकाल्न सफल भयो । मोनाले २२–२४ को स्थिति उल्ट्याएर जित निकालेको हो । तेस्रो सेट पनि मोनाले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

भेट्रान्स (३५ वर्षमाथि) मोनाले गोल्डेन ब्वाइज भलिबल क्लबलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । उपाधिसँगै मोनाले ३ हजार १ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गल्कोटले १ हजार ८ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

३५ वर्षमाथिको विजेता मोनाले १ हजार ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र तथा दोस्रो भएको गोल्डेन ब्वइजले ५ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता दौरान नै आयोजक दि गोर्खा स्पोर्ट्स क्लबले राष्ट्रिय टोलीमा योगदान दिएका खेलाडीलाई प्रमाणपत्रले सम्मान गरेको छ ।

क्लबले राष्ट्रिय टोलीका पूर्व कप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, विशाल बहादुर बिक, रविन चन्द ठकुरी, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, हरि बहादुर अधिकारी, यु–२३ का सदस्य बसन्त जोशी, राजु शेरचन र नेपाली महिला टोलीकी सदस्य प्रतिभा मालीलाई सम्मानित गरेको हो ।

यस्तै क्लबले फुटबलका विशाल राई, सुजल श्रेष्ठ, अभिषेक रिजाल र रजिन धिमाललाई पनि प्रमाणपत्रले सम्मानित गरेको छ ।

विजयी टोली तथा खेलाडीलाई नेपाल भलिबल संघ अस्ट्रेलयाका अध्यक्ष दीपक क्षेत्री, अजी फाइनान्स एण्ड होम लोनका विष्णु हमाल र क्लबका अध्यक्ष दिपेन्द्र राई लगायतले पुरस्कृत गरे ।

नकआउटका आधारमा भएको एक दिने प्रतियोगितामा खुल्लातर्फ १४ र ३ वर्षमाथि ७ गरी २१ टोलीको सहभागिता रहेको थियो ।

यस प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीका र टोलीमा रहिसकेका खेलाडीहरु राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरिसकेका पूर्व कप्तान मान, टेकराज , विशाल , रविन , हेमन्त, दिल बहादुर सुनार र हरिले खेलेका थिए । चोटका कारण राजु शेरचनले पछिल्ला प्रतियोगिता खेलेका छैनन् ।

प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको थियो । प्लाटिनम प्रायोजकमा एक्सपर्ट एजुकेसन एण्ड भिज सर्भिसेस र फिस एट दि रक्स, गोल्ड प्रायोजकमा प्रो फाउन्ड सर्भिस र रे पोपर्टी तथा सहयोगीमा ग्लोबल कन्सल्ट, नमस्ते सिड्नी, लाल्टिन नेप्लिज कजिन, नाओसाम्स माइग्रेसन सर्भिस र ग्रिफिन ट्याक्स प्रोफेसनल रहेका थिए ।

प्रतियोगितालाई एनआरएनए अस्ट्रेलिया, नेपाल भलिबल संघ अस्ट्रेलिया र नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको थियो ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.