default_image

10 months ago

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

1098 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्।

ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ।

एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ गते मलेसियासँग हुने एएफसी एसियन कप छनोट खेलका लागि खड्गीसहितलाई विभिन्न जिम्मेवारी दिएको छ।

राष्ट्रिय टोलीमा विनोद डंगोल गोलकिपर प्रशिक्षक, रमेश कुमार कार्कीले व्यवस्थापक, नकुल हमाल ठकुरीले सहायक व्यवस्थापकको जिम्मेवारी पाएका छन्। टोलीको फिजियोथेरापिस्टमा निशान्त जोशी छन् । सबैलाई राईले नियुक्ती‌ पत्र हस्तान्तरण गरे।

आइतवार मात्र एन्फाले अस्ट्रेलियन म्याट रोसलाई‌ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। रोसले मंगलवार नै प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

एसियन कप छनोटमा नेपाल ग्रुफ ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ।

राष्ट्रिय टोलीमा चालिएका ३० खेलाडी

गोलकिपर – किरण कुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अञ्जल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास

मिडफिल्डर – लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छुन्जु

स्ट्राइकर– अञ्जन बिस्ट, जिलेस्पी जंग कार्की, समिर तामाङ, दिनेश हेन्जान, सुवास ठकुरी बम, निराजन धामी

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.