default_image

9 months ago

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

2561 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ।

दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो ।

मात्र ७ रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमायो। ओपनर जेकी फ्रेजर १ रनमा, अभिषेक पोरेल रनको खाता नखोली र समिर रिज्भी ४ रनमा आउट भए।

लगतै कप्तान अक्षर पटेल पनि २२ रनमा आउट भए। पहिलो पावर प्ले‌मा ५८ रन जोड्दा दिल्लीके ४ विकेट गुमाइसकेको थियो।

यो सँगै दबाबमा आएको दिल्लीलाई सम्हालिन कठिन भएको थियो । फाफ डु प्लेसिस २९ रनमा र ट्रिस्टन स्टुब्स ३४ रनमा आउट भएसँगै दिल्ली हार नजिक पुगेको थियो।

आशुतोष र भिपराज निगमले सातौं विकेटको लागि ५५ रनको साझेदारी गरेपछि दिल्ली केहि सम्हालियो । यो नै दिल्लीले बनाएको सबैभन्दा ठूलो साझेदारी रह्यो।

भिपराज १५ बलमा ३९ रन जोडेर आउट भए। त्यसपछि पनि आशुतोष डटिरहे र उत्कृष्ट ब्याटिङ गर्दै दिल्लीलाई जित दिलाए।

१९ औं‌ ओभर टर्निङ पवाइन्ट बन्यो। तेस्रो बलमा प्रिन्स यादवले कुलदीप यादवलाई आउट गरे। चौथो बलमा २ रन प्रहार गर्दै आशुतोषले अर्धशतक बनाए। यही ओभरको पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरे।

त्यसपछि दिल्लीलाई अन्तिम ६ बलमा जितका लागि ६ रन नै आवश्यक थियो। जहाँ दोस्रो बलमा मोहित शर्माले १ रन जोडेर आशुतोषलाई स्ट्राइक दिए।

तेस्रो बलमा बलर सहबाज अहमदलाई निरिह बनाउँदै आशुतोषले छक्का प्रहार गरे। यो सँगै दिल्लीले ३ बल बाकी छँदा १ विकेटले खेल जित्यो। ३१ बलमा आशुतोषले ५ चौका र ५ छक्का सहित अविजित ६६ रन बनाए।

बलिङमा लखनउका सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगभेष राथी रवि विष्नोईले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निमन्त्रणा पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९ रन बनायो।

ओपनर एडेन मारक्रम १५ रनमा आउट भए। मिचेल मार्स र निकोलास पुरनले विष्फोटक ब्याटिङ गरे। पहिलो पावर प्लेमा लखनउले १ विकेटको नोक्सानीमा ६४ रन जोड्यो। मात्र ४९ बलमा लखनउले १ सत रन बनाउँदै सुरुवात राम्रो गर्यो।

मिचेलले ५ चौका र ६ छक्का सहित २१ रनमा अर्धशतक बनाए। निकोलासले भने २४ बलमा अर्धशतकको सफलता प्राप्त गरे।

दोस्रो विकेटको लागि ८७ रनको साझेदारी गरेका मिचेल ३६ बलमा ७२ रन जोड्दै मुकेश कुमारको बलमा आउट भए। लगत्तै कप्तान ऋषभ पन्तले रनको खाता खोल्न सकेनन्।

त्यसपछि ३० बलको सामना गर्दै ६ चौका र ७ छक्का सहित निकोलस ७५ रन जोडेर आउट भए। डेबिट मिल्लरले अविजित २७ रन बनाए।

बलिङमा दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट , कुलदीप यादवले २ तथा विपराज निगम र मुकेश मारले समान १ विकेट लिए । दिल्लीले विजयी सुरुवातका साथ २ अंक जोडेको छ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.