9 months ago
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ।
पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले पूर्ण रुपमा पकड बनायो। गोल गर्ने उत्कृष्ट मुभहरु बुन्यो। तर करिब आधा दर्जन मौकालाई सदुपयोग गर्न सकेन। आठौं मिनेटमा अल्हाजी जेरोले बक्सभित्रबाट हानेको पावरफुल सटलाई बुटवलका गोल रक्षक दीप कार्कीले बचाए।
१३ औं मिनेटमा फेरि दीप नै बाधक बने। इसाएभ मुखाम्मदले बक्सको एजबाट हानेको आकर्षक प्रहारलाई दीपले सानदार शैलीमा रोके।
२२ औं मिनेटमा पनि झापा चुक्यो। आर्सिक लाजरको प्रहारलाई फेरि दीपले बचाए। यही बलबाट पाएको कर्नरमा अजामद अब्दुलेभको उत्कृष्ट हेडरलाई दीपले पन्च गरेर बचाए। ३७ औं मिनेटमा रितीक खड्काको कडा प्रहार थोरैले पोष्ट माथीबाट बाहिरियो।
बुटवलले भने ३८ औं मिनेटमा पहिलो पटक गतिलो पोष्ट चार्ज गर्यो। फिलिपा अड्जाहले बक्सको एजबाट हानेको राइट फुटेट सटलाई झापाका गोल रक्षक नेमान्जा लेमाजिकले बचाए। जारी लिगमा ७ टोलीको सहभागिता रहेको छ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]