8 months ago
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् ।
अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा अध्यक्ष सुनिल लामाले जानकारी गराए ।
उनलाई मुख्य अतिथि ड्रिस्टिक ३० का एसेम्ली सदस्य स्टेभन राँगा, विशेष अतिथि नेपाली कम्युनिटी लिडर नवताज केसी, कराते प्रशिक्षक मोकेन्द्र बहादुर सिंह, जनक सिंह खड्का र राष्ट्रिय तेक्वान्दो खेलाडी पुष्प थापा मगर र क्लबका अध्यक्ष लामा लगायतले सम्मानित गरेका हुन् ।
शेखु लस भेगासमा आयोजना हुन लागेको युएसए ओपन कराते च्याम्पियनसिप र जुनियर इन्टरनेसनल कप २०२५ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए । च्याम्पियनसिप १८ देखि २० अप्रिलसम्म हुँदैछ ।
विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) का शेखुले च्याम्पियनसिपमा ८४ केजी मुनि आफ्नो चुनौती पेश गर्नेछन् । उनले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा ५ स्वर्णपदक, ३ रजत र २ कास्यपदक जितेका छन् ।
उनले पछिल्लोपटक सन् २०२४ मा सिंगापुरमा भएको १६औं एसिया प्यासेफिक सितोरियो कराते च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।
आफ्नो तौल समूहमा उनले नेपालमा भएको राष्ट्रिय प्रतियोागितामा स्वर्णबाट पछि फर्कनुपरेको छैन । कलैया बाराका उनले गत महिना सम्पन्न चौथो कृष्ण प्रसाद भट्टराई मेमोरियल राष्ट्रिय कराते च्याम्पियनसिपमा स्पर्ण जितेका थिए ।
न्यूयोर्कको वुडसाइडमा अवस्थित च्याम्पियन मार्शल आर्टस् क्लब युएसएले अमेरिकामा आउने हरेक खेलाडी तथा अफिसियलहरुलाई आफ्नो क्लबमा स्वागत गर्दै सम्मान गर्दै आइरहेको छ । केहि दिन अघि मात्रै क्लबले खेलाडी जीवनपछि निर्णायकको भुमिका देखिएकी तेक्वान्दोकी काजल श्रेष्ठलाई पनि नगदसहित सम्मानित गरेको थियो ।
कराते कलामार्फत अनुशासन, सम्मान र दृढतालाई प्रवर्दन गर्दै सबै उमेरका खेलाडीहरूलाई प्रशिक्षण दिइरहेको छ । क्लबमा सुनिलसँगै जनक सिंह खड्का र विजय लामाले प्रशिक्षण दिइरहेका छन् । च्याम्पियन मार्शल आर्टस् एकेडेमीको नेपालमा मुख्य कार्यालय रहेको छ ।
गत साता एपिएफले आयोजना गरेको प्रथम एपिएफ महिन्द्रा स्पोर्टस अवार्डमा शेखुले चर्चित विधाको अवार्ड जितेका थिए।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]