9 years ago
February 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विश्वमै चर्चित स्पोर्टस् ब्रान्ड रिबकको आधिकारिक विक्रेता रुट्स फेसन प्रालिले दरबारमार्गस्थित शेर्पा मलमा आधिकारिक एक्सक्लुसिभ सोरुम मंगलबारबाट सञ्चालनमा ल्याएको छ । पूर्व उपप्रधानमन्त्री एवंम् कांग्रेस नेता प्रकाशमान सिंहले सोरुमको उद्घाटन गरेका थिए ।

सोरुममा रिबक कम्पनीबाट उत्पादित जुत्ता, ट्रायकसुट, टिर्सटलगायतका विभिन्न खेल सामग्री रहेका छन् । खेलकुद क्षेत्रमा संलग्न खेलाडी र खेलकर्मीलाई लक्षित गरि सोरुम सञ्चालनमा ल्याएको रुट्स फेसनका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले बताए । उनका अनुसार सोरुमम मौसम अनुसार सबै प्रकारका खेल सामग्रही र पोशाक उपलब्ध हुने छन् ।
कम्पनीले रिबकका खेलकुद पोशाक र अन्य सामाग्री न्युरोड र त्रिपुरेश्वरमा पनि विक्रि गरिने जनाएको छ । मंगलबार दिनभर खेलाडी, खेलकर्मी, खेल पदाधिकारी र अन्य क्षेत्रका व्यक्ति सोरुम निरिक्षणका लागि पुगेका थिए ।



December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]