default_image

7 months ago

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

1213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् ।

अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ ।

एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

यसैगरी उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मलिका थापा क्षेत्री, कोषाध्यक्षमा सोनाम लामा, कार्यक्रम निर्देशकमा मनिष थापा क्षेत्री, पब्लिक रिलेसन (पिआर) अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नविन रसाइली र सदस्यमा प्रिन्स महर्जन छन् ।

नविन १३औं सागका स्वर्ण तथा उनका दाई राजकुमार र सोनाम कांस्य पदक विजेता हुन् । कार्यसमतिका अन्यले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका छन् ।

अध्यक्ष महजर्नले सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गर्न र नयाँ खेलाडी उत्पादनको उद्देश्यले एकेडेमी सञ्चलनमा ल्याएको बताए ।

उनले यस एकेडेमीले नेपाली खेलाडीलाई एक ठाउँमा ल्याएको बताउँदै नेपाली खेलाडी र खेलकुदको विकासका लागि संस्थागत रूपमा सहयोग गर्न सहज हुने थपे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.