default_image

7 months ago

May 26, 2025

पुलिसको चौथो जित

2267 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित दर्ता गरेको छ। पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा माथ दियो।

पोखरा रंगशालास्थित कभर्ड जलमा भएको आजको अन्तिम खेलमा पुलिसले एपिएफलाई २५-२२,२५-२० र २५-१६ ले हरायो। ५ खेलमा १२ अंक बनाएको पुलिसले फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ।‌ एपिएफको ३ अंक छ।

त्यसअघि साविक विजेता टिप टप हेल्पले रवाफिलो प्रदर्शनलाई निरन्तरता दिएको छ। मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालले विजयी यात्रालाई ५ खेल सम्म पुर्याएको छ। जितमा शीर्षस्थान उक्लिएको हेल्प नेपाल फाइनल नजिक पुगेको छ।

हेल्प नेपालले मणिमुकुन्दलाई २५-२२, २९-२७ र २५-२० ले हरायो।  ५ खेलमा १५ अंक बनाएको हेल्प नेपाल शीर्षस्थानमा छ। हेल्प नेपालले जत्तिकै १५ अंक जोडेको गण्डकी प्रदेश सेटको आधारमा दोस्रो स्थानमा छ।

आज गण्डकी लगातार पाँचौं जित दर्ज गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। गण्डकी २५-१३, २५-२० र २५-२० ले विजयी भयो। पाँचौं हारमा सुदूरपश्चिम लिग चरणबाट बाहिरिने लगभग निश्चित  छ।

आजै त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पार्यो।  आर्मीले कोशी प्रदेशलाई ३-१ ले हरायो। पहिलो सेट गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो। २१-२५ ले पहिलो सेट आर्मीले गुमायो। तर यसपछि २५-१९,२५-२१ र २५-२० ले लगातार तीन सेट जित्यो ।

यो आर्मीको तेस्रो जित हो। पाँचौं खेलबाट तीन जित सहित आर्मीले ८ अंक बनाएको छ। कोशीको यो चौथो हार हो। उसको ३ अंक रहेको छ।

आज बिहान साविक विजेता नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन्।
आज भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ।
पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ ले पराजित गर्यो ।  यो जितमा पुलिसले २ अंक जोड्यो। ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ।

५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो। तर आर्मी लिग चरणबाट बाहिरिएको छ। उसले ४ खेलमा मात्र १ अंक बनाएको छ। आर्मीले एक खेल पनि जित्न सकेको छैन्।

सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ। एभरेष्टले कर्णाली  प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो।

न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ । पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन्। बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालमा आयोजना हुने काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.