7 months ago
May 27, 2025
एजेन्सी – पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ।
मुम्बई इण्डियन्सलाई सोमवार ७ विकेटले हराउँदै पञ्जाबले शीर्ष २ मा लिग चरणको अन्त्य गरेको छ।
१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो।
पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ बलमा ९ चौका र २ छक्काले ६२ रन बनाए।
जोसले ४२ बलमा ९ चौका र ३ छक्काका साथ टोलीका लागि सर्वाधिक ७३ रन जोडे। प्रभासिमरन सिंहले १३ रन बनाए ।
कप्तान श्रेयस एय्यरले १६ बलमा १ चौका र २ छक्कासहित नटआउट २६ रन बनाए। नेहाल बादेराले नटआउट २ रन जोडे। मुम्बईका मिचेल सान्टनेर २ र जसप्रति बुमराहले १ विकेट लिए।
राजस्थानको जयपुरमास्थित सवाइमान सिंह क्रिकेट स्टेडियममा त्यसअघि टस जितेर पञ्जाबले फिल्डिङ रोज्यो । पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको थियो।
मुम्बईका सूर्यकुमार यादवले अर्धशतकको योगदान गरे।सूर्यकुमारले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५७ रन जोडे । कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २ चौका र २ छक्कासहुत २६ रन जोडे ।
ओपनर रायन रिकल्टन २७ तथा अर्का ओपनर रोहित शर्मा २४ रनमा आउट भए । विल ज्याक्स ८ बलमा १७, नमन धिरले १२ बलमा २० आउट भए ।
पञ्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए ।
लिग चरणको अन्तिम खेल मंगलवार रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) र लखनउ सुपर जायन्ट्सबिच हुनेछ।
त्यो खेल जितेमा आरसिबी पहिलो क्वालिफायरमा पुग्नेछ । पराजित भएमा दोस्रो स्थानको गुजरात पहिलो क्वालिफायरमा पुग्नेछ। मुम्बईले एलिमिनेटर खेल्नु पर्नेछ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]