6 months ago
June 9, 2025
भुपेन्द्र जि.सी.
नेपाल आईसीसी विश्वकप लिग-२ मा आइतबार राती घरेलु टोली स्कटल्याण्डसँग दुई रनले स्तब्ध भयो । जित्नलाई ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३ सय २१ रन बनाउँदै अल आउट भयो । आफ्नो ओडीआई इतिहासकै सर्वाधिक रन बनाएपनि नेपालले खेल भने जित्न सकेन ।
बलिङमा करण केसीले सुरुवातमा दुई विकेट लिदै राम्रो सुरुवात दिलाएपनि त्यसपछि कुनैपनि बलरले राम्रो गर्न सकेनन् । ब्याटिङमा पनि नेपालको सुरुवात राम्रो रहेन । तर खेलमा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको शतकीय साझेदारीले अप्रत्याशित रुपमा सहज जित नजिक पुगेको थियो । तर अन्त्य गर्न चुक्दा नेपालले स्कटल्याण्ड भ्रमणमा पहिलो हार व्यहोर्यो । नेपालले स्कटल्याण्डसँग हार्नुका पाँच कारण यस प्रकार छन् ।
५. प्रमुख बलरको कमजोर बलिङ

नेपालका तीन प्रमुख बलर सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने कुल २८ ओभरमा २ सय १८ रन खर्चिदा दुई विकेट लिए । बाँकी २२ ओभर ललित, दीपेन्द्र र आरिफले मात्रै १ सय रन दिएका थिए । करणले ९ ओभरमा २ मेडनसहित ७४ रन खर्चेर २ विकेट लिदा सोमपालले ९ ओभरमा १ मेडनसहित ७५ तथा सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चिदा विकेटविहीन बने ।
त्यसको फाइदा उठाउँदै एक समय ५.४ ओभरमा २५-२ को अवस्थामा पुगेको स्कटल्याण्डलाई खेलमा फर्किन कप्तान रिची बेरिंग्टन र चार्ली टियरले ९४ रनको साझेदारी गरेका थिए । छैटौं विकेटलाई बेरिंग्टन र माइकल लिस्कले १ सय २५ रनको साझेदारी गरेका थिए ।
४. ब्याटिङमा राम्रो सुरुवात नपाउनु

कुनैपनि टोलीले ३ सय माथिको योगफल पूरा गर्न सुरुवात उत्कृष्ट गर्नुपर्छ । तर नेपालको सुरुवात ७.१ ओभरमा ३४-३ को (कुशल भुर्तेल १७, आसिफ शेख ८ र रोहित पौडेल ३) थियो ।
सुरुवात नै खराब हुनु हारको एउटा कारण बन्यो । कुशल भुर्तेलले राम्रो सुरुवातको सम्भावना देखाएपनि आसिफ शेखसँग तालमेल गर्न नसक्दा रन आउटको रुपमा विकेट फ्याँलेका थिए । उक्त रन आउटको दबाबमा आसिफ पनि धेरै समय क्रिजमा टिक्न सकेनन् ।
एक रनमा अमूल्य जीवनदान पाएपनि म्याकेन्जी जोन्सको बलमा बोल्ड आउट भए । कप्तान रोहित पौडेल केही खराब सट खेल्दै आएका थिए । नेपालले राम्रो सुरुवात दिएको भए मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई रनरेटको बिना दबाब खेल्न सहज हुन्थ्यो । अनि नेपालले उक्त लक्ष्य विना दबाब पूरा गर्न सक्थ्यो ।
३. ठूलो स्कोरको कमी र खेल अन्त्य गर्न नसक्नु

खराब सुरुवातको बाबजुद चौथो विकेटलाई आरिफ शेख र भीम सार्कीले १ सय १० बलमा ९४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई खेलमा जितको आशामा कायमै राखेका थिए । आरिफ शेख ३९ र भीम सार्की ७३ रनमा आउट हुँदै ठूलो इनिङ खेल्नबाट चुके ।
गुलशन झा ११ रनमा आउट भएपछि नेपाल ३५.४ ओभरमा १८३-६ को अवस्थामा थियो । लगभग आशा मारेको खेललाई दीपेन्द्र र सोमपालले सातौं विकेटलाई १ सय ७ रनको शतकीय साझेदारी गर्दै सहज जितनजिक पुर्याएका थिए । तर दुबै ब्याटर जिताएर नफर्किदा नेपालले हार्न पुग्यो ।

स्कटल्याण्डमा रिची बेरिंग्टनले शतक र माइकल लिस्कले ९६ रन जोड्दै विशाल योगफल तयार पारेका थिए । तर नेपालका खेलाडीले सुरुवात राम्रो गरेपनि ठूलो इनिङ खेल्न सकेनन् । विशाल लक्ष्य पछ्याएको हुँदा जित्नलाई एक ब्याटरको ब्याटबाट नेपाललाई ठूलो इनिङको आवश्यक थियो ।
दीपेन्द्र र सोमपाल मध्य एकले खेल जिताएर फर्किनु पर्ने थियो । निकै दबाबको अवस्थाबाट सहज परीस्थितीमा दुबैले विकेट फ्याल्न पुगेका थिए । दीपेन्द्र ४७ औं ओभरको तेस्रो बलमा क्याच आउट भए । नेपाललाई जित्न १३ बलमा १६ रन चाहिँदा सोमपाल ६७ रनमा क्याच आउट भएका थिए ।
दीपेन्द्र र सोमपाल दुबै ठूलो सटको धुनमा विकेट दिन पुगेका थिए । थोरै संयमिता अपनाउँदै अन्तिम सम्म टिकेर फर्केको भए नेपालले इतिहास रच्ने थियो । दीपेन्द्र र सोमपालले जुन समय उक्त सट खेलेका थिए त्यो समय उक्त जोखिम लिन खासै आवश्यकता थिएन ।
२. डेथ ओभरमा शतकीय रन खर्चिनु

स्कटल्याण्डविरुद्ध नेपालले डेथ ओभर (४० देखि ५० ओभरको समय) १ सय २३ रन खर्चिदा १ विकेट रन आउटको रुपमा पाएको थियो । पिच ब्याटिङ सहयोगी हुँदा नौं नम्बरसम्म भरपर्दो ब्याटिङ लाइनअप भएको नेपाललाई ३ सय रनको आसपास योगफल पूरा गर्न खासै कठिन नपर्न सक्थ्यो । स्कटल्याण्ड ४० ओभरमा २००-५ को अवस्थामा हुँदा क्रिजमा रिची बेरिंग्टन ९७ बलमा ७६ र माइकल लिस्क २८ बलमा २३ रन बनाएर खेलेका थिए ।
त्यसपछि अलराउण्डर मार्क वाट् र बलर थिए । त्यसैले डेथ ओभरमा राम्रो बलिङ गर्दै लिस्क र बेरिंग्टनलाई आउट गर्न सकेको खण्डमा ३ सय रन पुग्नै मुश्किल पर्दथ्यो । लक्ष्य पछ्याउन आउदा कम दबाबका साथ नेपालले खेल्न पाउने हुँदा जित निकाल्न सहज हुनसक्थ्यो ।
तर अन्तिम ६० बलमा नेपालले १ सय २३ रन खर्चिदा एक विकेट रन आउटको रुपमा पाएको थियो । उक्त रन आउट पनि ४८ औं ओभरको तेस्रो ओभरमा थियो । स्कटल्याण्डले कमजोर डेथ ओभरको फाइदा उठाउँदै विशाल योगफल मात्रै बनाएन खेलको पूरा मोमेन्ट्स पनि ड्रेस्रिङ रुममा लगेर गएको थियो ।
१.करणको विकेट

सोमपाल र दीपेन्द्रको शतकीय साझेदारीले नेपाल ऐतिहासिक जित नजिक पुगेको थियो । अन्तिम ओभरमा नेपाललाई ६ बलमा मात्रै ७ रन चाहिँएको थियो । क्रिजमा करण केसी ७ बलमा १५ र सन्दीप लामिछाने २ रनमा थिए । बलिङमा शफ्यान शरिफ आएका थिए ।
पहिलो खेलमा स्कटल्याण्डलाई हराउन करणले शफ्यान शरिफलाई ४९ औं ओभरमा एक छक्का र दुई चौका निर्णायक जस्तै बनेको थियो । त्यसैले दबाब जति सबै शरिफमाथि भएको सहजै अनुमान गर्न सकिन्छ ।
किनभने करणले एक बिग हिट हान्दा खेल नेपालले जित्ने अवस्था थियो । ६ बल मध्य एक बिग हिट करणबाट असम्भव लगभग थिएन । पहिलो बलमा करणलाई दुई रन दिएका थिए । त्यसपछि बाउन्सरमा दोस्रो बल डट राखे । तेस्रो बल पनि बाउन्सर थियो । उक्त बाउन्सर बल पुल गर्ने धुनमा करण फाइन लेगमा म्याकेन्जी जोन्सले क्याच लिए ।
त्यो क्याच मात्रै थिएन, नेपालले जितेको खेल पनि स्कटल्याण्डलाई दिएको थियो । किनभने त्यसपछि क्रिजमा आएका ललित राजवंशी ब्याटिंगका लागि चिनिदैनन् । करणले उक्त बल छाडेर बााकी तीन बल फर्किन पनि सक्थे । तर त्यसो हुन सकेन र नेपालले हार्न पुग्यो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]