default_image

6 months ago

June 9, 2025

म्याग्दी काली र मोनालाई भलिबल उपाधि

1304 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी काली युनाइटेड र आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) नवौं मोना अस्ट्रेलिया कप भलिबलको च्याम्पियन बनेको छ । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो ।

लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित पोखरा भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जत्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट मोनाले २५–२२ ले आफ्नो पक्षमा पार्यो । त्यसपछिको सेटमा पनि मोनाले एकपक्षीय २५-१६ र २५-१४ को सेटमा सहज जित दर्ता गर्दै उपाधि जित्न सफल भयो ।

महिलातर्फ राष्ट्रिय टोलीका सदस्य सरस्वती चौधरीसम्मिलित म्याग्दी कालीले राष्ट्रिय टोलीकै सदस्य कामना विष्ट सम्मिलित छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।

एकपक्षीय बनेको पहिलो सेट २५-११ ले सहजै आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा एक समय ३-११ ले पछि रहेको स्थिति उल्ट्याएर २५-२० को सेटमा जित निकाल्यो ।

१६-१६ मा बराबरी गर्दै म्याग्दी कालीले १८–१८ बराबरीबाट अग्रता लिदै जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक तेस्रो सेट म्याग्दीले २५–२३ ले आफ्नो पक्षमा पार्यो ।

म्याग्दी काली लगातार चार प्रतियोगितामा च्याम्पियन बन्न सफल भएको हो । यसअघि म्याग्दी कालीले ढोरपाटन कप, जलजला कप र टीका कार्की मेमोरियल कपको उपाधि जितेको थियो ।

उपाधिसँगै पुरुषतर्फको विजेता मोनाले ३ हजार ५ सय ३५ अष्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पोखराले १ हजार ८ सय १८ अष्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार २ सय १२ अष्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले ६ सय ६६ अष्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसपटक महिलातर्फ राष्ट्रिय टोलीकी कामना विष्टले छन्त्याल, पुनम चन्दले मोना, कविता भट्टले जलजला र सरस्वती चौधरीले म्याग्दी कालीबाट खेलेका थिए ।

पुरुषतर्फ आयोजक मोनाबाट राष्ट्रिय टोलीका रविन चन्द, जलजलाबाट राष्ट्रिय टोलीका लोकेन्द्र राज गिरीसँगै हेमन्त बहादुर मल्ल, गोर्खाबाट विशाल बहादुर बिक र ढोरपाटनबाट राजेन्द्र विष्टले खेलेका थिए ।

यस्तै गल्कोटबाट दिल बहादुर सुनार, म्याग्दी कालीबाट टेकराज अवस्थी र पर्वत बेनीबाट सम्राट भण्डारी र पोखराबाट राष्ट्रिय टोलीका पूर्व कप्तान मानबहादुर श्रेष्ठले खेलेका थिए । यस्तै विभागीय नेपाल एपिएफ क्लबका रमेश विकले पनि जलजलाबाट खेलेका थिए ।

पुरुषतर्फ मोनाका रविन चन्द ठकुरी र महिलामा म्याग्दी कालीकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनीहरुले ट्रफी प्राप्त गरे ।

पुरुषतर्फ पोखराका मान बहादुर श्रेष्ठ स्पाइकर, पोखराकै दीपिक मगर सेटर र मोनाका पारस भण्डारी उत्कृष्ट ब्लकर चुनिए ।

महिलामा छन्त्यालकी कामना विष्ट उत्कृष्ट स्पाइकर घोषित भइन् । म्याग्दी कालीकी मिया पुन सेटर, म्याग्दीकै आशा क्षेत्री सर्भर र छन्त्यालकी सन्जु पुर्जा उत्कृष्ट डिफेन्डर चुनिइन् । उनीहरुले ट्रफी प्राप्त गरे ।

स्लेयर्स नेप्लिज बास्केटबल क्लबलाई ५०-४७ को अंकमा हराउँदै वाइल्ड याक्स च्याम्पियन बन्यो । दुई दिने प्रतियोगितामा खुल्ला पुरुषतर्फ १२ , महिलामा ६ तथा बास्केटबलमा १० टोलीको सहभागिता रहेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.