6 months ago
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिंहले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् ।
विपना र अरहान्तले गत साता सम्पन्न भएकाे प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को पनि उपाधि जितेका थिए ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको महिला एकलको फाइनलमा विपनाले दोस्रो वरीयताकी स्वस्थानी श्रेष्ठलाई ३–० को सिधा सेटमा हराइन् ।
विपनाले स्वस्थानीमाथि १२–१०, ११–७ र ११–७ को सेटमा जित निकालिन् । अस्मिता नगरकोटी तेस्रो र समिक्षा खाँण ठकुरी चौथो भइन् ।
पुरुष एकलतर्फको फाइनलमा अरहान्तले दोस्रो वरीयताका दीपक थापालाई ११–६, ११–७ र ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए । पासाङ ब्लोन तेस्रो र नैना मगर चौथो भए ।
पुरुषतर्फ टिम इभेन्ट्समा बागमतीले प्रदेश १ लाई पराजित गर्दै उपाधि जित्न सफल भयो । पुरुषतर्फ ६ प्रदेशको सहभागिता रहेको थियो ।
महिला टिम इभेन्ट्समा पनि बागमती नै पहिलो भयोे । महिलातर्फ राउण्ड रोविन हुँदा बागमतीले सबै खेलमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।
उपाधिसँगै पुरुष एकलको विजेता अरहान्तले ९ हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको दीपकले ७ हजार रुपैयाँ, तेस्रो भएको पासाङ र चौथो भएको नैनाले समान ५ हजार रुपैयासँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
महिला एकलको विजेता विपनाले ७ हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो भएकी स्वस्थानीले ५ हजार, तेस्रो भएकी अस्मिता र चौथो भएकी समिक्षाले समान ३ हजार रुपैयासँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
२७ जेठबाट शुरु भएको प्रतियोगितामा विभिन्न प्रदेशका खेलाडीहरुको सहभागिता रहेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]