default_image

5 months ago

June 25, 2025

न्यु डायमण्ड च्याम्पियन

5220 views

0 Bookmark

मकवानपुर (हाम्रो खेलकुद) – काठमाडौंको टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन प्रेरित डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

सदावहार उपाधिको दावेदार डायमण्ड कुनै पनि महिला भलिबल प्रतियोगितामा बि.स. २०७९ पछि च्याम्पियन बनेको हो । डायमण्डले त्यसबेला भएको छैटौं केएनपी महिला भलिबल प्रतियोगितामा एपिएफलाई नै पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछिका विभिन्न प्रतियोगिताको फाइनलमा पुगेर पनि डायमण्ड उपाधि विमुख बनिरहको थियो । तर, यसपटक डायमण्डले त्यो नजिरलाई तोड्न सफल भयो ।

मकवानपुरको हेटौंडा–४ हुप्राचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा न्यु डायमण्डले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा एक समय ७ अंकले पछि परेको न्यु डायमण्डले सानदार पूनरागमन गर्दै २५–२३ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्यो । ९–१० ले पछि रहेको डायमण्ड त्यसपछि खेलमा ११–१८ ले पछि पर्यो ।

त्यसपछि पनि हार नमानेको डायमण्डले खेललाई २०–२२ को स्थितिबाट खेललाई २३–२३ को बराबरीमा ल्याउदा अर्काे २ अंक बुटुल्दै खेल सेट नै आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटको सुरुवात केही प्रतिस्पर्धात्मक बन्यो । ५–५ को बराबरीको स्थितिमा एपिएफले रेफ्रीको निर्णय गलत रहेको भन्दै कोर्ट छाडेपछि खेल केहीबेर रोकिन पुगको थियो । खेल पुनः सुचारु हुँदा डायमण्डले खेलमा १०–५ को अग्रता बनायो । त्यसपछि एपिएफले खेलमा फर्कने प्रयास गरेपनि डायमण्डलाई नतिजा २५–१८ ले सुम्पन पुग्यो ।

लिग चरणमा पनि डायमण्डले एपिएफमाथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । सेमिफाइनलमा पुलिसविरुद्ध सानदार प्रदर्शन गरेकी निरुता ठगुन्ना, पुजा चौधरी र सृष्टि खड्गी र गरिमा बोहोरा फाइनलमा डायमण्डविरुद्ध भने खुलेर खेल्नै सकेनन् ।

अर्काेतर्फ यस प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेका सलिना बुढामगर, सुमित्रा रेग्मी, निशा महर र जेनिशा विश्वकर्मा र प्रगतिनाथले एपिएफलाई कुनै समय खुल्नै नदिदा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

उपाधिसँगै डायमण्डले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको एपिएफले ३ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले एक लाख र चौथो भएको गण्डकी प्रदेशले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । बुधबार पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।

विधागततर्फ च्याम्पियन डायमण्डकी सुमित्रा रेग्मी सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै प्रमाण पत्र प्राप्त गरेको छ । गण्डकीकी क्जिना बोटे उदियमान खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै ५ हजार रुपैया र प्रामणपत्र प्राप्त गरिन् ।

डायमण्डकी प्रगतिनाथ सेटर, सलिना श्रेष्ठ लिवेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफकी निरुता ठगुन्ना स्पाइकर र गरिमा बोहोरा उत्कृष्ट ब्लकर घोषित भइन् । पुलिसकी कोपिना राना सर्भर घोषित भइन् । उनीहरुले समान ५ हजार, ट्रफी र प्रमाण्पत्र प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलगायतले पुरस्कृत गरे ।

नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) को आयोजनामा शनिबार हेटौंडामा लिग कम नकआउटका आधारमा ७ असारबाट शुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहेको थियो ।

उत्कृष्टहरु
सर्वाेत्कृष्ट – सुमित्रा रेग्मी (न्यु डायमण्ड)
उदियमान खेलाडी – रिक्जना बोटे (गण्डकी)
स्पाइकर – निरुता ठगुन्ना (एपिएफ)
सर्भर – कोपिला राना (पुलिस)
लिवेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
ब्लकर – गरिमा बोहोरा (एपिएफ)
सेटर – प्रगतिनाथ (न्यु डायमण्ड)
प्रशिक्षक – कुमार राई (न्यु डायमण्ड)

default_image

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.