default_image

6 months ago

June 29, 2025

पूर्व खेलाडी श्रेष्ठको एनआरएनए एनएसडब्लुको सदस्यमा उम्मेदवारी

666 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – भलिबलका पूर्व सुनिल श्रेष्ठले अर्काे महिना अस्ट्रेलियामा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्स (एनएसडब्लु) को एससिसी सदस्यमा उम्मेदारी दिएका छन् ।

एनएसडब्लुबाट एनआरएनए न्यू साउथ वेल्स राज्यको सन् २०२५–२०२७ कार्यकालका लागि संघीय समिति सदस्य (एससिसी) पदमा उम्मेवारी दिएका हुन् ।

नेपालको राष्ट्रिय खेल भलिबलमार्फत आफ्नो पहिचान स्थापित गरिसकेका उनले चार कारणले आफ्नो उम्मेदारी दिएको बताएका छन् । निर्वाचन जुलाई २६ मा हुँदैछ ।

गण्डकी प्रदेशको पर्वत फलेवासस्थित देवीस्थानका श्रेष्ठले युवा नेतृत्वको प्रवद्र्धन, लगानीको सम्भावना सिर्जना, नेपाल र प्रवासीबीचको सम्बन्ध सुदृढ र समावेशी, पारदर्शी र सक्रिय एनआरएनए निर्माणलाई आफ्नो मुल नारा दिएका छन् ।

सन् २०१८ मा अस्ट्रेलिया आएका श्रेष्ठको आफ्नो भविष्य बनाउन मात्र नभई प्रवासी नेपाली समुदायका लागि योगदान दिने उद्देश्य रहेको छ । हाल हस्पिटालिटी क्षेत्रमा कार्यरत श्रेष्ठ समुदायप्रति सदैव उत्तरदायी रहँदै आएका छन् ।

उनले नेतृत्वमा एकता ल्याउन, नाफा भन्दा सेवा अगाडि राख्न र नेपाली श्रमिक, विद्यार्थी र व्यवसायीको आवाज बन्न चाहने बताएका छन् ।

श्रेष्ठले नेपाली युवा समुदायमा भलिबलको लोकप्रियता र खेलकुदको माध्यमबाट सामाजिक एकता निर्माणमा विशेष योगदान दिएका छन् । विभिन्न स्थानीय तथा राज्यस्तरीय भलिबल प्रतियोगिताहरूमा आयोजक र प्रायोजकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले खेलाडीहरूको सहयोगमा पनि अग्रसरता देखाएका छन् ।

पर्वतमा सुर्याेदय युवा क्लबबाट भलिबल खेलमार्फत आफ्नो बलियो छाप छाडेका उनले तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गरिसकेका छन् । उनले पछिल्लोपटक २०६४ मा पश्चिमाचलबाट खेलेका थिए ।

अस्ट्रेलियाको न्यु क्यासलमा बसोबास गर्दै आइरहेका उनी त्यहाँ पनि भलिबल खेलसँगै सामाजिक कार्यमा संलग्न छन् । उनले अस्ट्रेलियामा हिमालयन कंगारु क्लब, गल्कोट समाज अस्ट्रेलिया र सनराइज युवा क्लबबाट खेलिसकेका छन् ।

उनी अहिले गोर्खा स्पोर्ट्स क्लबबाट खेलिरहेका छन् । उनी आँफैले न्युक्यासलमा न्यु क्यासल इन्डोर भलिबल क्लब स्थापना गरेका प्रशिक्षण प्रदान गरिरहेका छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.