default_image

5 months ago

July 1, 2025

एसियाडका लागि ३० खेल एनओसीमार्फत दर्ता

461 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष जापानमा आयोजना हुने २० औं एसियाली खेलकुद (एसियाड) मा भाग लिन ३० खेल राष्ट्रिय संघ दर्ता भएको छ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेप) ले जवाफ नदिएपछि राष्ट्रिय खेल संघहरुलाई पत्राचार गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
त्यसमा ३० खेल एसियाडका लागि दर्ता हुन आएको एनओसीले बताएको छ ।

एसियाडको पदक विजेता रहिसकेको तेक्वान्दोसँगै  फुटबल, सुटिङ, ट्रायथलन र  फेन्सिङ खेल भने दर्ता गराएनन्।

खेल दर्ता गराउने अन्तिम मिति असार १६ गते सम्म रहेको एनओसी अध्यक्ष जीवन राम श्रेष्ठले बताए। उनले दर्ता नभएका खेलहरुको विषयमा पछि अनुरोध सम्म गर्न सकिने तर सुनिश्चित गर्न नसक्ने स्पष्ट पारे।

यस विषयमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले अहिलेसम्म  जीवन राम श्रेष्ठको नेतृवमा रहेको एनओसी अवैधानिक नै रहेको र अर्को निर्णय नआए समयसम्म  सोही निर्णय कायम  रहने बताए।

तर उनले खेलकुदमा कसैले पनि इगो राख्न नहुने तर खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको विषय भएको सरोकालवाला संघहरूलाई खेल दर्ता गराउन निर्देशन दिएको हाम्रो खेलकुद डटकमलाई बताए। साथै सदस्य सचिव घिसिङले खेल संघ सम्बन्धित एसियाली महासंघबाट पनि दर्ता गर्ने प्रावधान रहेको पनि जिकिर गरे।

नेपालको लागि एसियाडमा पहिलो रजत पदक जित्ने खेल तेक्वान्दो दर्ता भएको छैन । यस विषयमा नेपाल तेक्वान्दो महासंघका महासचिव दीपराज गुरुङले एसियन गेम्समा भाग लिन पाउँ भनेर निवेदन दिने चलन नभएको उल्लेख गर्दै यसअघि राखेप र एनओसीको निर्णयमा खेल दर्ता हुने भएको स्पष्ट पारे।

एनओसीले पदाधिकारीले आफ्नो पद‌ जोगाउन गरेको राजनीतिमा राज्यले नै यो विषयलाई गम्भीरताका साथ लिनुपर्ने गुरुङले बताए।

यस्तै नियमित सहभागिता जनाउँदै आएको ट्रायथलन खेलले पनि दर्ता गराएन । एनओसीका महासचिव रहिसकेका नेपाल ट्रायथलन संघका अध्यक्ष निकेन्द्रराज श्रेष्ठले एसियन गेम्स सहभागिता भन्दा एनओसी नियममा चलोस भन्ने मान्यता अनुरुप  दर्ता नगराएको बताए।

सरकारले अवैधानिक भनेको र अदालतको विषय अर्को कारण उनले देखाए। साथै अध्यक्ष श्रेष्ठले एसियाली खेलकुद नेपाली खेलाडीको स्तरको होइन । सहभागिता मात्र भएकोले खासै ठूलो असर नगर्ने पनि श्रेष्ठ हाम्रो खेलकुद डटकमलाई बताए।

फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठले भने यो नै अन्तिम समय नभएको र पछि पनि दर्ता गराउन मिल्ने बताए।
राखेप र एनओसीबिचको  विवादको कारण एसियाड सहभागिता नै अन्योलमा परेको छ।

एनओसीको विशेष साधारण र पछिल्लो निर्वाचनपछि‌ राखेप र एनओसीबिच विवाद पुनः चर्किएको हो । उच्च अदालत विशेष साधारण सभा रोक्नु भन्ने आदेश र निर्वाचन रोक्नु‌ भन्ने दुवै आदेशलाई एनओसीले अटेर गरेपछि विवाद झन पेचिलो बनेको थियो।

विवादकै बीच एनओसी पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरेपछि राखेपले त्यसलाई अवैध ठहर गरेको थियो। त्यसपछि सरकारले एनओसीको सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गर्नुका साथै बैंक खाता रोक्न लगाएको छ।

एसियाडका लागि एनओसीमार्फत दर्ता भएका खेल

एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ-स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस क्लाइम्बिङ्ग, स्कावस, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती, उसु

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.