default_image

6 months ago

July 2, 2025

अस्ट्रेलियामा भलिबल अवार्ड हुने

398 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा पहिलो भलिबल अवार्ड कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघ अस्ट्रेलिया (एनभिएए) को आयोजनामा साउन ४ गते (१९ जुलाई) उक्त अवार्ड कार्यक्रम हुने भएको हो ।

अवार्ड कार्यक्रम सिड्नीस्थित रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा हुनेछ । एनभिएएले वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीलाई अवार्ड प्रदान गरिने जनाएको छ । सिड्नीमा मात्रै वर्षमा खुला पुरुषमा ८ र महिलामा ५ भन्दा बढी प्रतियोगिता हुने गर्दछ ।

एनभिएए अन्तरगत न्यु साउथ वेल्स (एनएसडब्लु) मा १२ क्लब दर्ता छन् । जसमा १२ पुरुष टोली, ८ भेट्रान्स टोली र ६ महिला टोली छन् । एनभिएएले हरेक टोलीमा एक जना राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधान राखेको छ ।

अवार्ड कार्यक्रममा पुरुषतर्फ वर्ष सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, सर्भर र लिवेरोलाई अवार्ड प्रदान गरिने छ ।

महिलातर्फ सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, सेटर र सर्भरलाई अवार्ड दिइने छ । वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उत्कृष्ट व्यवस्थापकलाई पनि अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रममा नेपाली टोलीको वर्तमान र पूर्व खेलाडलाई पनि सम्मान गरिनेछ । सांस्कृतिक प्रदर्शन, मनोरन्जन र रात्रिभोजको पनि कार्यक्रम रहेको छ ।

सिड्नीमा नेपाली समुदायको ढोरपाटन क्लब, म्याग्दी जलजला परिवार, मोना अस्ट्रेलिया, दि गोर्खा स्पोर्ट्स क्लब, थकाली सेवा समिति, गल्कोट समाज, मंगला समाज, छन्त्याल परिवार, म्याग्दी काली युनाइटड, पोखरा भलिबल क्लब, पर्वत बेनी र गोल्डेन ब्वाइज भलिबल क्लब छन् ।

राष्ट्रिय टोलीको पूर्व कप्तान मानबहादुर श्रेष्ठ र अन्य पूर्व खेलाडीको आगमनले नेपालको राष्ट्रिय खेल भलिबलको सिड्नीमा रोमाञ्चकतासँगै उच्च प्रतिस्पर्धा थपिएको छ ।

हाल अस्ट्रेलियामा पूर्व राष्ट्रिय खेलाडी टेकराज अवस्थी, विशाल बहादुर बिक, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, सम्राट भण्डारी, राजु शेरचन, राजेन्द्र विष्ट र दिल बहादुर सुनार छन् । महिलातर्फ प्रतिभा माली र सरस्वती चौधरी अस्ट्रेलियामै छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.