default_image

5 months ago

July 27, 2025

पूर्व खेलाडी सुवाल र श्रेष्ठ एनआरएनएमा निर्वाचित

1151 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्।

सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ ।

सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले टिम एकताबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । सन् २०१५ मा अस्ट्रेलिया आएका सुवाल पूर्व राष्ट्रिय च्याम्पियन हुन् । उनले नेपालबाट दक्षिण एसियाली खेलकुद (साग) कास्य पदक जितेका थिए ।

यस्तै उनले पेरिस र जापानमा वल्ड च्याम्पियनसिप, २०१० र २०१४ मा एसियन गेम्समा प्रतिस्पर्धा गरेका थिए । २०१७ मा लस भेगासमा युएस ओपनमा पनि सहभागिता जनाएका थिए ।

काठमाडौं गल्कोपाखाका सुवाल हाल टेबल टेनिस पश्चिम अष्ट्रेलियामा स्टेट प्रशिक्षकको रुपमा कार्यरत छन् । यता पर्वत फलेवासका श्रेष्ठ २०१८ मा अस्ट्रेलिया आएका थिए । उनले आफ्नो भविष्य बनाउन मात्र नभई प्रवासी नेपाली समुदायका लागि योगदान दिने गहिरो उद्देश्य रहेको र आफ्नो नारामा रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

श्रेष्ठले नेपाली युवा समुदायमा नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता र खेलकुदको माध्यमबाट सामाजिक एकता निर्माणमा विशेष योगदान दिएका छन् । पर्वतमा सुर्याेदय युवा क्लबबाट भलिबल खेलमार्फत आफ्नो बलियो छाप छाडेका उनले तत्कालिन पश्चिमाञ्चल बिकास क्षेत्रबाट प्रतिनिधित्व गरिसकेका छन् । उनल पछिल्लोपटक वि.स. २०६४ मा पश्चिमाचलबाट खेलेका थिए ।

अस्ट्रेलियाको न्यु क्यासलमा बसोबास गर्दै आइरहेका उनी त्यहाँ पनि भलिबल खेलसँगै सामाजिक कार्यमा संलग्न छन् । उनले अस्ट्रेलियामा हिमालयन कंगारु क्लब, गल्कोट समाज अस्ट्रेलिया र सनराइज युवा क्लबबाट खेलिसकेका छन् । उनी अहिले गोर्खा स्पोर्ट्स क्लबबाट खेलिरहेका छन् । उनी आँफैले न्युक्यासलमा न्यु क्यासल इन्डोर भलिबल क्लब स्थापना गरेका छन् ।

एनआरएनए अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सन्तोष कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । उनले ६ हजार ८ सय ३९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भैरव ढकालले ३ हजार ७ सय २७ मत) र सञ्जीव ‘गोर्खाली’ ढकालले २ हजार १ सय २६ मत प्राप्त गरे ।

यस्तै क्विन्सल्यान्डको राज्य संयोजकमा अतुल खड्काको टोली र तास्मनियामा सुजन वाग्लेको टोली निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै न्यू साउथ वेल्समा उषा किरण वारिया पोखरेल निर्वाचित भएकी छिन् । उनी एनआरएनए अस्ट्रेलियाको इतिहासमा एनएसडब्ल्यूको पहिलो महिला संयोजक बनेकी हुन् ।

यस्तै साउथ अष्ट्रेलियामा थिर बहादुर गुरुङ, वेस्टर्न अष्ट्रेलियामा हरिवंश सञ्जेल ‘सुमन’, अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा ललित मल्ल, भिक्टोरियामा महादेव धानुक र नर्दन टेरिटोरीमा त्रिलोचन सापकोटा निर्वाचित भएका छन् । १६ हजार बढी मतदाता रहँदा १३ हजार ७ सय १ मत खसेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.