default_image

41 minutes ago

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ।

टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान थिए।

लुम्बिनीले आज प्लेइङमा कुनै परिवर्तन गरेको छैन। जनकपुरले एउटा परिवर्तन गरेको छ। पार्नेललाई ड्रप गरेर संगिथ कुरेलाई खेलाइएको छ।

सुदूरपश्चिम रोयल्स क्वालिफायर वानमा, काठमाडौं गोर्खाज र विराटनगर किंग्स प्ले अफमा पुगिसकेका छन्। अब प्ले अफमा एक स्थान मात्र बाँकी छ। यदि आज लुम्बिनीले जनकपुरलाई हरायो भने प्ले अफमा पुग्नेछ। प्ले अफ होडबाट जनकपुर, पोखरा र चितवन बाहिरिनेछन्।

तर आज लुम्बिनी पराजित भएमा भने प्ले अफको संभावना बाँकी ३ टोलीलाई रहनेछ। जनकपुर, पोखरा र चितवन प्ले अफ होडमा रहनेछन्। यो अवस्थामा खेल जितेर मात्र पुग्दैन। अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ। प्ले अफ होड रोमाञ्चक बन्नेछ।

६ खेलमा ६ खेल नै जितेको सुदूरपश्चिम १२ अंक सहित अंक तालकिकाको शीर्षस्थानमा छ। उसले क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको छ। सुदूरपश्चिमले अब लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्ससँग खेल्न बाँकी छ।

काठमाडौं गोर्खाजले लिग चरणका सबै ७ खेल खेलिसक्दा ५ मा जित र २ मा हार सहित १० अंक जोडेको छ। उसले प्ले अफमा स्थान सुरक्षित गरिसकेको छ।

६ खेल खेलेर ४ खेलमा जित र दुई खेलमा हार सहित ८ अंक बनाएको विराटनगर पनि प्ले अफमा पुगिसकेको छ। अब क्वालिफायर वानमा काठमाडौं र विराटनगर मध्ये एकले स्थान बनाउँनेछ।

लुम्बिनीले आज लिगको सातौं खेल खेल्दैछ। उसले ३ मा जित र ३ मा हार सहित ६ अंक बनाएको छ। उसलाई प्ले अफ पुग्न २ अंक जरुरी छ। त्यसैले आज जनकपर विरुद्धको खेल लुम्बिनीको लागि ‘गर या मर’ जस्तै हुनेछ।

६ खेल खेलेर ४ खेलमा हार र २ मा जित सहित पोखरा र चितवनसँग ४ अंक रहेको छ। ६ खेल खेलेर ५ खेल हारेको कर्णाली याक्स लिग चरणबाट बाहिरिसकेको छ।

५ खेलमा १ मा जित र ४ खेल हारेको जनकपुरसँग २ अंक रहेको छ। यसरी आज चितवन र पोखरा जनकपुरको जितको पक्षमा हुनेछ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.