default_image

18 hours ago

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

644 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्।

पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए।

उनी पोखराको दोस्रो विकेटको रुपमा आउट भएका थिए। त्यसपछि साहबले किरण ठगुन्नालाई कुमार मिलिन्दद्वारा क्याच आउट गराए। किरण छैटौं विकेटको रूपमा पबिलियन फर्किए।

त्यसपछि चितवनलाई अन्तिम ६ बलमा जितका लागि २० रन आवश्यक हुँदा कप्तान करण केसीले साहबलाई बलिङको जिम्मेवारी दिए।

करणको यो निर्णयलाई साहबले शतप्रतिशत सही तुल्याई दिए। २० औं ओभरको पहिलो बलमा अर्धशतक बनाइसकेका ऋषि धवनलाई साहबले मिलिन्दद्वारा नै क्याच आउट गराए। यो उनको तेस्रो विकेट थियो।
लगत्तै दोस्रो बलमा विपिन खत्रीलाई गोल्डेन डक आउट गरे।

लगातार दुई विकेट लिएपछि तेस्रो बलमा साहबले आकाश चन्दलाई आउट गर्दै ह्याट्रिक विकेटको पूरा गरे । आकाशको क्याच पनि मिलिन्दले नै समाते। यो सँगै साहब एनपिएल मै ह्याट्रिक विकेट लिने पहिलो बलर बने। यस्तै एनपिएलको दोस्रो संस्करणमा आइपुग्दा ६ विकेट लिने साहब पहिलो नेपाली बलर समेत बनेका छन्‌।

साहबलाई चौथो बलमा सागर ढकालले छक्का प्रहार गरे। पाँचै बल डट फाले। छैटौं बलमा सागरलाई आउट गर्दै साहबले छैटौं विकेटको सफलता प्राप्त गरे। एनपिएलमा ६ विकेट लिने उनी दोस्रो खेलाडी हुन्।

यसअघि पहिलो संस्करणमा कर्णाली याक्सका विलियम बोसिस्टोले पोखरा विरूद्ध २८ रन दिएर ६ विकेट लिएका थिए।

साहबले आज ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए। उनले जारी सिजनमा ७ खेलमा १२ विकेट लिएका छन्। सर्वाधिक १२ विकेट लिने सुचीमा साहब संयुक्त रूपमा करण केसी र विराटनगरका सन्दीप लामिछानेसँग शीर्ष स्थानमा छन्।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

चितवनविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा‌ पुगिसकेको सुदुरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्घ पहिला ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्न लागेको हो । आजको खेल जितेमा सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुग्नेछ। चितवनले जितेमा प्ले अफको सम्भावना जीवित राख्नेछ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अपराजित […]

Success

Thank you for your time.