9 years ago
May 5, 2017
धनगढी (हाम्रो खेलकुद) – राइजिङ क्रिकेट फर वुमन (आर.सी.डब्लु)ले कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा पहिलो जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राइजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको राईजिङ क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३७ रन वनायो । यो योगफल तयार पार्नका लागि विदेशी खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रह्यो । वंगलादेशी खेलाडी सहनाज प्रविन र भारतीय खेलाडीद्धय पुजा निमा भाट र लक्ष्मी चौधरीले व्याटिग लाईन समाले । २० रन वनाएकी सहनाजले १९ रन वनाएकी पुजासग पहिलो विकेटका लागि २४ रनको साझेदारी गरिन् । सहनाजले दोस्रो विकेटका लक्ष्मी चौधरीसग ४५ रनको साझेदारी गरिन् । लक्ष्मीले पनि आफ्नो टीमका लागि २० रनको योगदान गरिन् । कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि चादनी शाहले २ विकेट लिईन् । सुमन विष्ट, अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिईन ।
एक सय ३८ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतीमा एक सय २० रन मात्रै वनाउन सक्यो । सुरुवात राम्रो भएपनि मध्यक्रम चल्न नसक्दा घरेलु टोली पराजित भएको हो । टीमका लागि नितु भण्डारीले ३५ रन वनाईन् । मन्जु भण्डारीले २० र कविता कुवरले १७ रन वनाईन । पहिलो विकेटका लागि नितु र मन्जुले ४८ रनको साझेदारी गराई उत्कृष्ट सुरुवात गराईन । दोस्रो विकेटका लागि मन्जुले कवितासग ३६ रनको साझेदारी गरे पनि त्यसपछि लामो साझेदारी नवन्दा कैलालीको टीमले हार व्यहोरेको हो । राईजिग क्रिकेट वुमनका लागि अस्मीता कर्माचार्यले ३ विकेट लिईन । पुजा निराभाटले २ तथा आरती विडारी र कृति सेनले एक एक विकेट लिईन । खेलमा १९ रन वनाएर एक विकेट लिएकी भारतीय खेलाडी पुजा निभा भाट वुमन अफ द म्याच भईन । उनले नगद ३ हजार हात पारिन् ।
प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा राईजिग क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा कञ्चनपुर ११ र मिलन क्रिकेट एकेडेमी झापा विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]