8 years ago
June 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला नम्वर एक गल्फर प्रतिमा शेर्पा गलफको थप प्रशिक्षणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् । शेर्पा नेपाल गल्फ संघको सहयोगमा कतार एयरवेजको आउने जाने टिकटको सहयोगमा असार १८ गते अमेरिका जाने भएका हुन् । उनीसँगै प्रशिक्षक सचिन भट्टराई पनि अमेरिका प्रस्थान गर्नेछन् ।

कतार एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नायरले नेपालको महिला नम्वर एक गल्फरलाई टिकट प्रायोजन गर्न पाउँदा ज्यादै खुशी लागेको बताए । ‘प्रतिमाको टिक प्रायोजन गर्न पाउदा हामी एकदमै खुशी छौं ।’ नायरले भने, ‘कतार एयरवेजले खेलसँग सम्बन्धित क्लबहरुलाई प्रायोजन गरेको छ । नेपाली नम्वर एक गल्फरको टिकट प्रायोजन गर्न पाउदा खुशी नहुने कुरै छैन ।’ यस्तै उनले यस्तो खालको प्रशिक्षण र प्रतियोगिताले उनीमा निखारता आउने भन्दै उनलाई शुभकामना समेत ब्यक्त गरे । चार टिकटको करसहित ४ लाख ७१ हजार रहेकोमा गोकर्ण गल्फ रिसोर्टले ७१ हजार बेहार्नेछ ।
यता गल्फर प्रतिमाले अमेरिकाको टिकट प्रायोजन गरिदिएकोमा कतार एयरवेजलाई धन्यवाद ब्यक्त गर्दै यस्तो खालको प्रेरणाले खेलमा लाग्न थप हौसला मिल्ने बताए । अवसर जुराउने नेपाल गल्फ संघलाई पनि उनले धन्यवाद ब्यक्त गरे । १८ वर्षीय प्रतिमाले अमेरिकामा करिव दुई महिनासम्म रहँदा विभिन्न प्रशिक्षण र तीन प्रतियोगिता खेल्ने पक्का भएको गल्फका विकास निर्देशक दीपक आचार्यले जानकारी गराए ।

प्रतिमाले ओलिभा लिंक गल्फ कोर्ष भेन्चुरा क्यालिफोर्नियामा १८ देखि २१ जुलाईसम्म हुने ५० औं टिटलिष्ट म्याच प्ले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै लास पोसास कन्ट्री क्लब कामारिल्लो क्यालिफोर्नियामा ३१ जुलाईमा हुने एक दिने फाउन्डर्स कपमा प्रतिस्पर्धा गर्नेछन् । अन्तिम प्रतिस्पर्धाको रुपमा ५–६ अगस्टमा टेलरमेड टुर्समा प्रतिस्पर्धा गर्नेछिन् ।
यस्तै गल्फ संघले गल्फ फिटनेसको लागि टिटलिष्ट इन्ष्टिच्युटमा एक हप्ते प्रशिक्षणका लागि आग्रह गरिएको बताएको छ । यस इन्ष्टिच्युटमा विश्वकै उत्कृष्ट गल्फरहरु आफ्नो खेलमा रहेको कमि कमजोरी पहिल्याउन पुग्ने गर्दछन् । यस इन्ष्टिच्युटमा गल्फरहरुको फिटनेस र स्वास्थ्यका साथसाथै स्विंगको बायोमेकानिक्स तथा शारीरिक र शरीर मुभमेन्टको कमि कमजोरी बारे अध्ययन गरिन्छ । नेपाल गल्फ संघको विशेष आग्रहमा प्रतिमालाई यो अवसर मिलेको संघका महासचिव सीबि भण्डारीले बताए।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]