8 years ago
June 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सामान्यतया गल्फलाई धनीहरुले खेल्ने खेलको रुपमा लिने गरिन्छ । तर, नेपाली गल्फमा भने यो ठ्याक्कै उल्टो भएको छ । यस्तो उल्टो बनाउने काम निम्न मध्यम वर्गीय प्रतिमा शेर्पाले गरेकी छन् । यसैसाता विशेष प्रशिक्षणका साथै केहि प्रतियोगिता खेल्न अमेरिका उड्न लागेकी १८ वर्षिया प्रतिमाले नेपाली गल्फको इतिहासमा आफ्नो छुट्टै पहिचान पहिचान बनाइसकेकी छिन्।

रोयल नेपाल गल्फ कोर्षमै हुर्किएकी शेर्पाले त्यहींबाट गल्फ सिकेकी हुन् । सन् २०१० मा नेपाल गल्फ संघले शुरु गरेको युथ डेभलपमेन्ट कार्यक्रमबाट छानिएकी शेर्पा अहिलेको नेपाली महिला नम्बर एक गल्फर हुन् । अझ भन्नुपर्दा अहिले उनलाई चुनौती दिने कुनै खेलाडी नै छैनन् । ११ वर्षको उमेरदेखि नै गल्फ खेल्न थालेकी शेर्पाको अब एउटै लक्ष्य छ पहिलो नेपाली प्रोफेसनल (प्रो) खेलाडी बन्ने ।
पाँच ह्याण्डीक्याप रहेकी एमेच्योर खेलाडी प्रतिमाले प्रो बन्न अमेरिकाको प्रशिक्षण र प्रतियोगिता सहयोगी हुने बताउछिन् । ‘मेरो अब एउटै लक्ष्य छ नेपालको पहिलो महिला प्रो खेलाडी बन्ने । मेरो यो लक्ष्यलाई अमेरिकाको प्रशिक्षण र प्रतियोगिताले पुरा गर्नेमा आत्मविश्वासी छु ।’ प्रतिमाले भनिन् । यस्तै प्रतिमाले अमेरिकाको प्रशिक्षणमा धेरै कुरा सिक्न पाउने भन्दै त्यहाँको सिकाईलाई सदुपयोग गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने चाहना रहेको बताईन् । उनले आफ्नो मुख्य लक्ष्य एलपिजिए खेल्ने प्रयास रहेको बताइन।

१२ वर्षको उमेरमा नै राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेकी प्रतिमाले ३२ राष्ट्रिय उपाधि जितिसकेकी छिन् । जुनियर च्याम्पियनसिपदेखि नै च्याम्पियन बन्न सफल १८ वर्षीय प्रतिमा यति धेरैपटक च्याम्पियन बन्ने पहिलो नेपाली गल्फर हुन् । लगातार च्याम्पियन बनेर पनि दुई पटकसम्म चीनमा भएको एसियन फाल्डो सिरिज भने उनले गुमाएकी थिईन् । यु–१८ अन्र्तगत उनले चीनमा सन् २०१४ र सन् २०१६ मा भएको एसियन फाल्डो सिरिज विविध कारणले गुमाएकी थिईन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]