8 years ago
June 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – योङ स्टार स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको वीर गणेशमान महिला तथा पूरुष खुल्ला बक्सिङ प्रतियोगिता असार अन्तिमबाट हुने भएको छ ।

आयोजक योङ स्टार स्पोर्टस् क्लबले राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको वीर गणेशमान महिला तथा पूरुष खुल्ला बक्सिङ प्रतियोगिता असार ३१ गतेबाट साउन ४ गतेसम्म पाँच हुने जानकारी गराएको हो । प्रतियोगितामा पुरुषतर्फ १० र महिला तर्फ ८ तौलसमूहमा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष मथुरा दास नेवाले जानकारी गराए ।
पुरुषतर्फ तौल समूहमा ४९ केजी, ५२ केजी ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी, ९१ केजी र ९१ भन्दा माथिको तौल समूह रहेको छ । यस्तै महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६९ केजी र ७५ केजीसम्म प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टिम र बक्सिङ संघसँग आबद्ध २६ जिल्लाका विभिन्न क्लबले सहभागिता जनाउनेछ । प्रतियोगितामा पुरुष र महिला खेलाडी गरि करिव ४ सय खेलाडीले प्रतिस्पर्धा गर्ने अध्यक्ष मथुरा दास नेवाले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न ११ लाख ५० हजार खर्च लाग्ने क्लबले अनुमान गरेको छ । प्रतियोगितालाई राष्ट्रिय खेलुकद परिषदले पाँच लाख सहयोग गरेको छ ।
प्रतियोगितामा विजयी बन्ने महिला र पुरुषका दुवै टिमले समान ५०–५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहन स्वरुप आकर्ष पुरस्कार राखिएको क्लबले जनाएको छ । प्रतियोगिताका सबै खेलहरु लैनचौरस्थित टेबलटेनिस हलमा हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]