default_image

8 years ago

July 26, 2017

अक्षरामा नर्वे कप खेल्ने टोलीको बिदाइ

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई बिदाई गरिएको छ । नर्वे कप खेल्न जाने टोलीलाई काडाँघारीस्थित अक्षरा स्कुलमा बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । टोली शुक्रबार नर्वे प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतियोगिता जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुनेछ प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका छात्र खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई नर्वे बसाइका क्रममा खेलाडीहरु तालिममा पनि सहभागी हुने छन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले जुनियर खेलाडीले प्रतियोगिताबाट राम्रो एक्सपोजर पाउनुका साथै उनीहरुको मनोबल पनि उच्च हुने धारणा व्यक्त गरे ।

अक्षराकी प्रिन्सिपल अन्जु भट्टराईले अक्षराको विशेष पहलमा विभिन्न विद्यालयका राम्रा फुटबल खेलाडीको टोली चयन गरी प्रतियोगितामा सहभागी गराउन लागेको बताइन् । सम्पूर्ण टोलीलाई थ्री स्टारका व्यवस्थापक राम श्रेष्ठले ट्रयाकसुट प्रायोजन गरेका हुन्। सो सामाग्री पनि श्रेष्ठले कार्यक्रममै सम्बन्धितलाई हस्तान्तरण गरे ।

सेभेन ए साइडको प्रतियोगितामा आयन सिलवाल, कृष न्यौपाने, निर्भानराज शाक्य, आदित्य सुवेदी, सुमन्श गौतम, श्रृजेश कार्की, ऋता दत्त, गणेश भण्डारी, सुमन गुरुङ, सञ्जय खत्री, ओम दाहाल, प्रवीण कार्की, दीप गुरुङ र निश्चल न्यौपानेको टोली सहभागी हुनेछन् । टोलीको मुख्य प्रशिक्षकमा प्रज्ज्वल प्रताप क्षेत्री, सहायक प्रशिक्षकमा अमित खड्का र प्रमोद पाण्डे तथा व्यवस्थापकमा सुमन तिमल्सिना रहेका छन् ।

बिदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका महासचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, अक्षराका निर्देशक राधेश्याम खड्का, अक्षराकी प्रिन्सिपल अन्जु भट्टराई, जुनियर फुटबल एकेडेमीका अध्यक्ष रिजन खड्का, रुस्लान थ्रीस्टार क्लबका व्यवस्थापक राम श्रेष्ठलगायत उपस्थित थिए।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.