8 years ago
August 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ क्यानाडामा सम्मानित भएका छन् । लालीगुरास स्पोर्टस एन्ड कल्चर क्लबले श्रेष्ठलाई सम्मान गरेको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले काठमाडौंमा सन् १९९९ मा भएको आठौं साग र पाकिस्तानमा २००४ मा भएको नवौं साफमा स्वर्ण पदक जितेका थिए । श्रेष्ठ केही सातादेखि क्यानाडा भ्रमणमा छन् । लालीगुरासले छैटौं वार्षिक उत्सवका आयोजित नर्थ अमेरिकन रनिङ भलिबल प्रतियोगिताका दौरान श्रेष्ठलाई सम्मान गरिएको हो ।
क्यानाडामै बसोबास गर्दै आएका आठौं सागका स्वर्ण र नवौं सागका रजत पदक विजेता सुरेन्द्र लाल श्रेष्ठ र आठौं सागका स्वण पदक विजेता राजकुमार राईलाई पनि सम्मान गरिएको थियो । क्लबका अध्यक्ष उत्तम केसीले उनीहरुलाई सम्मान गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]