default_image

10 years ago

December 16, 2015

कस्तो रह्यो नेपालको साफ प्रशिक्षण?

195 views

0 Bookmark

सेप्टेम्बरको पहिलो तारिखदेखि करार सुरु भएपनि अगष्टको अन्तिम सातामा भारत र नेपाल बिचको खेल हेर्न ओजेम्स पुने पुगेका थिए| नेपाल फर्केलगत्तै उनले लिगको सबै खेल  हेरे र लिगकै प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरे ।  ४१ जनाको छनोट भएपनि सागर थापा र सन्दिप राई खेल मिलेमतोको आरोपमा समातिए र ३९ खेलाडी सम्मिलित प्रशिक्षण सुरु भयो ।

Nepal Football Head COach Patrick Aussems

करिब तिन हप्ताको नियमित प्रसिक्षण सकिए लगत्तै ओजेम्सले प्रशिक्षणलाई २७ खेलाडीमा झारे । यसरी टोलीसंग हरसमय साथ रहेका ओजेम्सले आफ्नो सहयोगीका रुपमा ठुलै  प्रशिक्षक टोली बनाए ।  सल्लाहकारक रुपमा पुर्व प्रशिक्षक ध्रुब केसी राखेका उनले साफ विजेता यु-१९ टोलीका प्रशिक्षक बालगोपाल महर्जन र यु-१६का प्रशिक्षक उपेन्द्र मान्  सिंहलाई पनि समावेश गरे । यस अगावै राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहिआएका हरि खड्का त टोलीमा छदै थिए । प्रशिक्षणको प्रारम्भिक चरणमा महिला टोलीका प्रमुख प्रशिक्षक कुमार कट्टेल साथमा भएपनि, केहि हप्ता पछि उनि टोलीमा थिएनन् ।

२७ खेलाडीमा झारिए संगै नेपाली टोलीको नयाँ अनुहार कल्पना गर्न सकिने भैसकेको थियो| प्रशिक्षणकै दौरान स्टार फरवार्ड भारत खवास, मिडफिल्डर शिव श्रेष्ठ र उदयमान डिफेन्डर देवेन्द्र तामाङ्ग घाइते हुन पुगे । चोटका कारण साफनै गुमाउने पक्का भएपछि ओजेम्सको छनोट २४ खेलाडी बाट २० पार्नु थियो| यस दौरान नेपाली टोलीले आर्मी संग चार र नेपाल प्रहरी संग दुइ गरेर छ खेल खेल्यो| पांच जित र एक बराबरी गरेको नेपालले यस दौरान २७ गोल गर्न सफल रह्यो भने नवयुग श्रेष्ठ निकै राम्रो फर्ममा रहे ।  मिडफिल्ड र फरवार्डको प्रदर्शन एकदम उत्कृष्ट थियो भने डिफेन्सको प्रदर्शन सन्तोषजनक मात्र रह्यो । ओजेम्सको भनाइ अनुसार त कुनै पनि खेलमा डिफेन्सलाइ खासै धेरै गार्हो भएन|

बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्ने तय भएसंगै ओजेम्सले २० खेलाडीको नाम निष्कासन गरेका छन् । नेपाल र बंगलादेश बीच बिहिबार खेल खेल्ने कार्यक्रम रहेको छ भने टोली आइतबार मात्र भारत प्रस्थान गर्नेछ ।  युवा टोली भएको अवस्थामा विदेशी टोलीसंग खेल कमी भएको ओजेम्सआफैले स्वीकारेका छन् तर टोलीको प्रशिक्षण उत्कृष्ट रहेको र आफु विश्वोश्त रहेको उनले प्रष्ट्याए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.