10 years ago
December 30, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने हक्की र कबड्डी टोलीको छनोट गरिएको छ । हक्कीमा समान २०–२० तथा कबड्डीमा समान १२–१२ पुरुष/महिला टाृली छनोट गरिएको हो ।

हक्कीको पुरुषमा नेपाली सेनाका रन्जित राउत, दीपेन्द्र ऐर, सत्यनारायण चौधरी, अमित श्रीवास्तव, रोशन चौधरी, राम शाह, प्रदीप राजवंशी, श्यामुअल राई, देवसिंह धामी, मदन पन्त र राम ढुंगाना, मध्यमाञ्चलका दिनेश सिंह, रोशनकुमार क्षेत्री, गोविन्द अधिकारी, अंकित पाठक र सुरज घर्ती, पूर्वाञ्चलका सुन्नीराम हेमरम, कञ्चन्पुरका किशोर ओझा र गणेश साह तथा नेपाल प्रहरीका केशव जोशी रहेका छन् ।
महिलामा सेनाका चन्द्रकुमारी कुशवार, टंककुमारी खपांगी, होम दंगाल, सरिता मेचे, रजनीकुमारी गुरुङ, कुश्मा राना मगर र सीतामाया बल तथा कञ्चनपुरका ज्योति मल्ल, भागीरति विष्ट, विमला भट्ट, तुलसी डंगोरा, सीमा चौधरी, रेखा भट्ट, सिल्पा डंगोरा, अन्जु डंगोरा, कमला चन्द, तारा मल्ल, विन्दु रावल, निरा औझी र निलम जोशी छन् ।
कबड्डीको पुरुषमा सेनाका महेश बोहरा, जय बोहरा, भुवन खड्का, विजय चन्द र लालमोहर यादव, धनुषाका सञ्जय श्रेष्ठ, कल्याण भुजेल र सरोजकुमार सिंह, प्रहरीका इरसादमंसुर आलम, कञ्चनपुरका गोविन्द थापा, भक्तपुरका अनिल कोजु तथा सप्तरीका प्रकाश शाह रहेका छन् । वैकल्पिकमा सेनाका गोपाल महतो र कैलालीका मंगल चौधरी रहेका छन् ।
महिलामा प्रहरीका निर्मला विष्ट, शान्ति मल्ल, नितु गुरुङ, कौशिल्ला रोका र रुक्मणि चन्द, सेनाका कोषमाया बस्नेत, चन्द्रावती विष्ट, र मेनुका राजवंशी, भुक्तपुरकी सुदेशना प्रजापति, कञ्चनपुरकी रुपा महता, बाराकी सम्झना राई तथा धनुषाकी शीखा झा रहेका छन् । प्रहरीकी अर्पणा चौधरी र कञ्चनपुरकी सारदा राना वैकल्पिक सूचीमा परेका छन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]