default_image

10 years ago

January 4, 2016

एन्फासँग असन्तुष्ट ओजेम्स – ‘नेपाल फर्कनु व्यर्थ ‘

209 views

0 Bookmark

Patrick

आफ्नो व्यक्तिगत कारण फ्रान्स पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक ओजेम्सले नेपाली फुटबल समर्थकलाई खुला पत्र लेखेका छन  । उक्त पत्रमा ओजेम्सले एन्फा ले आफुले दिएको टोलिको विकास प्रस्ताव वेवस्ता गरेको जनाएका छन ।

‘म ४ महिना अघी नेपाल आउँदा देखी नेपाली फुटबलमा धेरै नै नराम्रो कुराहरु भए । यिनै खराब कुराहरुले मलाई एउटा नयाँ टोली बानाउने अवसर दियो ।  खेलाडिहरुको खेल शैली र सोचमा निकै परिवर्तन आयो । साफमा निराश नतिजाको सामना गर्नु परे पनि यि खेलाडीहरुले आधुनिक खेलको झझल्को दिदै नेपाली फुटबलको भविष्य उज्यालो भएको संकेत दिए । मैले बिगत २ महिना देखी यि खेलाडीहरुको खेलमा निकै परिवर्तन देखेको छु र यिनिहरुको हेरविचार गरी रहनु पर्ने छ । ‘

‘मैले छोटो समयमा नै टीम छेउ छाउका मानिस अयोग्य रहेको र फुटबलको बिकास भन्दा आफ्नो सानो स्वार्थलाई प्राथमिकता दिन्छन भन्ने जाने । धेरै मध्य पूर्वी क्लबहरुबाट आकर्षक प्रस्ताव आए पनि म यो टोलिको बिकास मा लाग्न पुर्ण प्रयासरत थिए , त्यसैले नेपाली फुटबलको बिकास निम्ती आफ्नो प्रस्ताब अघी सारे ।’

‘ प्रस्ताबमा ४-५ जना खेलाडीहरु लाई  यूरोप ट्राइलमा पठाएर उनि हरुको बिकाश हुने र राष्ट्रिय टोलीलाई पनि फाइदा हुने कुरा समावेश थियो । त्यसै गरी २ बर्ष कुनै प्रतियोगिता नहुने भएकोले यो टोलीलाई अनुभव र आत्मबल बढाउन बडाउन मैत्रीपूर्ण खेलहरु खेलाउने कुरा पनि समावेश थियो । मैले अन्तिम दिनहरुमा पनि करिब ३ पटक आफ्नो प्रस्ताबमा अखिल नेपाल फुटबल संघको प्रतिक्रिया बुझ्न खोजे तर उनिहरुबाट कुनै प्रतिक्रिया आएन ।’

‘साफ पछि म मेरो चिकित्सा सम्बन्धी कारणले फ्रान्स आएको थिए । यहाँ आउनु अघि मैले बङ्गबन्धु र सागलाइ आफुले चाहेको खेलाडी हरुको सूची बनाएर दिएको थिए तर आश्चर्य, अखिल नेपाल फुटबल संघले अरु नै खेलाडीहरुको नाम सार्वजनिक गरेको पाए । तसर्थ मेरो नेपाल आउनुको कुनै औचित्य रहेन ।’

‘तसर्थ व्यावसायिकता र योजनाको कमीले गर्दा मैले आफ्नो अवधी नलम्ब्याउने निर्णय लिएको हु । यि खेलाडीहरुको विकासको आवश्यकता थियो , त्यसैले मैले यिनिहरुलाई यूरोपमा ट्राइल मिलाउने प्रयास गरेको थिए ।’

‘म सम्पूर्ण नेपाली समर्थकहरुलाई उनिहरुले गरेको समर्थन प्रति आभार प्रकट गर्न चाहन्छु । नेपाली मिडियालाई सहयोगको लागी र होटेल मनाङलाई अतिथि सत्कारको लागी धन्यबाद दिन चाहन्छु ।’

‘सबै खेलाडीहरु लाई मेरो शुभकामना , मलाई बिश्वास छ यि खेलाडीहरुले नेपाली समर्थकलाई भविष्यमा गर्व गराउने छन् । ‘

‘४ महिना छोटो समय हुन सक्छ तर यो चार महिना नेपाललाई मेरो मुटुमा एक विशेष ठाउँ बनाउन काफी रह्यो । ‘

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.