default_image

10 years ago

January 30, 2016

भूकम्प पीडित खेल पत्रकारलाई सहयोग

184 views

0 Bookmark

काठमाडौं, माघ १६ । नेपाल जुडो संघले गत वैशाखको भूकम्पबाट पीडित विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई शनिबार राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । तेश्रो चरणमा खेल पत्रकारलाई सहयोग गरिएको हो ।

sahyog
पहिलो चरणमा भूकम्पका कारण ज्यान गुमाएका जुडो खेलाडीका परिवार तथा दोश्रो चरणमा घर क्षति भएका जुडो सम्बद्धलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।
नागरिकका ध्रुव तुलाधर, हाम्रो खेलकुद डटकमका दिपेश तिमल्सिना, हिमालय टेलिभिजनकी सोनिका अर्याल, नेपाल समाचार पत्रका फिरोज राजोपाध्याय, द राईजिङ नेपालका अञ्जन खड्का, सुभाष हुमागाईं, द हिमालय टाइम्सका महेश आचार्य, अन्नपूर्ण पोष्टका गोविन्द रेग्मी, रातोपाटीका राजेश भण्डारी, सौर्यका दिलबहादुर तामाङ, नागरिकका अजय फुयाल, नेपाल वानीकी मोती आम्गाईं, समज्ञप्रसाद लाकौल, सौर्यका मनोज घिमिरे, अन्नपूर्ण पोष्टका दिपेन्द्र गुरुङ, सौर्यका अनिल मल्ल ठकुरी, नेपाल टेलिभिजनका प्रज्ज्वल शाक्य, प्रदीपमान सिंह तथा बीबीसी नेपालका निरञ्जन राजवंशीलाई समान २५ हजार प्रदान गरियो ।
बैशाख १२ गतेको भूकम्पका कारण ज्यान गुमाएका गोर्खापत्रका खेल पत्रकार सुमन बोम्जनको परिवारलाई ५० हजार उपलब्ध गरायो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उपरोक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै सहयोग सानो भएपनि मानवीय भावना व्यक्त गर्नु ठूलो कुरा भएको बताए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.