7 years ago
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आदीअवादी महिला भलिबल (एभीएल) लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकी खेलाडी सम्मिलित चितवन टाइगर्स र विभागीय त्रिभुवन आर्मी क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय रेफ्रि गौतम लासिवा, अन्तर्राष्ट्रिय रेफ्री क्यानिडेड चन्द्रबदना राई, एशियन अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड पूर्ण चौलागाई, विजय केसी र विकास गुरुङले प्राबीधिक पक्षका बारेमा सहभागि टिमका कोच तथा कप्तानलाई जानकारी गराएका छन् ।
लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । न्यु डायमण्ड,चितवन टाईगर्स र आर्मी एक समूहमा छन् । एपीएफ, पुलिस र पोखरा पिङ्केज अर्को समूहमा रहेका छन् ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै दोश्रो स्थान हाँसिल गर्नेले ३ लाख र तेश्रोले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै टिम तयारीका लागि एपीएफ, पुलिस,आर्मी र न्यु डायमण्डले जनहि १ लाख २५ हजार तयारी खर्च प्राप्त गर्ने छन् ।
प्रतियोगिता १७ असोजसम्म सञ्चालन हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]