7 years ago
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दुवईंमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईंका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको अन्तिम चारका पुग्न सफल भएका हुन् । उनले नाजिवमाथि २१–१० र २१–१३ को सहज जित निकाल्न सफल भयो ।
यसअघि शुक्रबारै भएको प्रि–क्वाटरफाइनलमा युएईंकै धनवान्थ राहभानलाई २१–२ र २१–८ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका थिए ।
उच्च प्रदर्शन गरेका प्रिन्सलाई दुवईंमा बसोबास गर्दै आएका पाल्पाका पुर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी सुमन उदयले योनेक्सको नयाँ प्रविधिको र्याकेट प्रदान गरेका छन् ।

अब प्रिन्सले सेमिफाइनलमा भारतका आयन बोर्चेटियाको सामना गर्नेछ ।
बुधबारबाट शुरु भएको सिरिज आइतबारसम्म चल्नेछ । सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]