7 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टिमका महत्वपूर्ण सदस्य मान बहादुर श्रेष्ठ हङकङमा भएको १०औं पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
आयोजक घान्द्रुक समाज युकेबाट खेलेका उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडी चुनिएका हुन् । उनी सेमिफाइनलमा म्यान अफ दि म्याच समेत बनेका थिए । फाइनलमा घान्द्रुक समाज युके र पर्वत समाज हङकङबीच आइतबार राति भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टोली संयुक्त रुपमा विजेता बने ।
चुनमुन बटरफ्लाईस्थित भलिबल प्ले ग्राउन्डमा भएको प्रतिस्पर्धात्मक फाइनल खेल २–२ को बराबरीमा पुगेपछि खराव लाइटका कारण खेल हुन नसकेपछि आयोजकले दुवैलाई संयुक्त विजेता घोषणा गरेका थिए । घान्द्रुकले २५–१३ र २५–१५ खेल आफ्नो पक्षमा पार्दा पर्वत समाजले २५–२३ र ३४–३२ को प्रतिस्पर्धात्मक जित निकालेको थियो ।
मानबहादुर गतवर्ष पनि यही भलिबल प्रतियोगितामा मोस्ट भ्यालुएवल खेलाडी घोषित भएको थियो । घान्द्रुक समाज हङकङको आयोजनामा भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान तथा ओपन स्पाइकर रहेका मानले आफुलाई यसरी बोलाएर खल खेलाएकोमा धन्यवाद व्यक्त गर्दै घान्द्रुक समाजको यो गुनलाई कहिल्यै बिर्सन नसक्ने बताएका छन् ।
मान बहादुर गत शुक्रबार प्रतियोगिताको लागि हङकङ प्रस्थान गरेका थिए ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]