default_image

7 years ago

October 13, 2018

एपिएफलाई वर्षको पाँचौ महिला भलिबल उपाधि

129 views

0 Bookmark

अर्जुन काकी (बागलुङ) – विभागीय नेपाल एपिएफ क्लबले २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाईनलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले वर्षको पाचौं उपाधि जित्न सफल भएको हो ।

फाइल: तस्वीर

 

बागलुङको गल्कोट नगरपालिकाको गल्कोट बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको खेलमा एपिएफले पुलिसलाई लगातार २५–२०, २५–१२ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल हुँदै उपाधि जितेको छ ।

जितसँगै एपिएफको यो वर्षको पाँचौ तथा राष्ट्रिय महिला भलिबलको पनि पाचौ उपाधि जित्न सफल भएको हो चौथो उपाधि हो । यसअघि एपिएफले शेर बहादुर खड्का स्मृति महिला भलिबल, सभामुख कप, एनभिए क्लब लिग भलिबल र पोखरामा भएको तीज महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । यस्तै दुइ साता अघि काठमाडौंमा भएको आदी आबादी महिला भलिबलमा भने एपिएफ क्लबले उपविजेतामा चित्त बुझाएको थियो ।

यस्तै तेस्रो स्थानको लागि आजै भएको त्रिभुवन आर्मी र प्रदेश नम्बर ५ विचको खेलमा आर्मी विजयी भएको छ । आर्मीले प्रदेश नम्बर ५ लाई ३–० को सोझो सेटमा पराजित गदै तेस्रो स्थान प्राप्त गरेको छ । आर्मीले प्रदेश नम्बर ३ लाइ २५–१२, २५–९ र २५–१२ ले पराजित गरेको थियो ।

प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोउत्कृष्ट खेलाडी घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै आर्मीकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर, एपिएफकी मनिषा तामाङ उत्कृष्ट डिफेन्स, एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, नेपाल प्रहरीकी कोपिला राना उत्कष्ट सर्भर र नेपाल प्रहरीकै कमला पुन उत्कृष्ट सेटर घोषित भईन् ।

प्रतियोगिताको बिजेता एपिएफले ५० लाख, दोस्रो भएको नेपाल पुलिसले ३० हजार रुपैयाँ र तेसो भएको त्रिभुवन आर्मीले २० हजार पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन बिभागिय क्लब सहित ६ ओटा प्रदेश सहभागि भएका थिए । प्रदेश नम्बर १ ले अन्तिम समयमा आएर प्रतियोगितामा भाग नलिने जनाएको थियो ।

नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन भएको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले बताए ।

गुरुङले आफुहरुले खेलाडीहरुको नामावली संकलन गरेको र नेपाल भलिबल संघको बैठकपछि खेलाडीहरुको नामावली सार्वजनिक गरिने जानकारी दिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.