7 years ago
October 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पर्वत तथा भारतीय सेनाका अनिष थापामगर लिग लिगे राजा बन्न सफल भएका छन् । आइतबार भएको नवौं संस्करणको लिग लिगे दौडमा च्याम्पियन बन्दै अनिष दोस्रोपटक लिग लिगे दौडको च्याम्पियन बन्दै एक वर्षका लागि लिग लिगे राजा बन्न सफल भएका हुन् ।

चेपेघाटदेखि लिग लिग कोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५.४४ सेकेन्डमा पार गर्दै थापाले उपाधि हात पारेका हुन् । बाग्लुङका तीर्थ पुनले निर्धारित दुरी ५८ मिनेट ४०. २८ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो स्थान हात पारे । ५९ मिनेट २१.६६ सेकेन्डमा दुर पार गर्दा नेपाली सेनाका रामजी बस्नेत तेस्रो भए । सेनाका टिकाराज कटुवाल, सुर्खेतका पवन कुमार ओली, सेनाकै हरि कुमार रिमाल, पुलिसका भुमिराज राई, जुम्लाका धिर बहादुर बुढा र एपिएफका गणेश सिंह ठकुरीले क्रमशः चौथोदेखि नवौं स्थान हात पारे । उपाधिसँगै अनिषले ६० हजार १ सय नगद र श्रीपेचसहित, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्राप्त गरे । उनलाई आजै लिग लिगे राजा घोषणा गर्दै लिग लिगको परिक्रमा गराइएको थियो ।
दोस्रो भएको तीर्थ पुनले ३५ हजार १ सय, तेस्रो भएको रामजी बस्नेतले २५ हजार १ सय रुपैया प्राप्त गरे । चौथो देखि नवौंं सम्मले १२ हजार १ सय, ७ हजार १ सय, ५ हजार १ सय, ४ हजार १ सय, ३ हजार १ सय र नवौले २ हजार १ सय नगद प्राप्त गरे । स्थानिय पुरुषतर्फ पालुङटारका कमल नेपालीले पहिलो स्थान हात पारे । सुर्य अधिकारीले दोस्रो तथा दीपक नेपालीले तेस्रो स्थान हात पारे । विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५, तेस्रोले ७ हजार ५ प्राप्त गरे ।
लिगलिगे दौड अन्तर्गत नै ५ किमि महिला खुल्लातर्फ एपीएफकी पुष्पा भन्डारीले पहिलो स्थान हात पारिन् । आर्मीकी सानुमाया कार्कीले दोस्रो तथा प्युठानकी हुमी बुढामगरले तेस्रो स्थान हात पारिन् । विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद प्रात गरिन् ।
विद्यालय छात्रतर्फ पूर्ण तामाङ पहिलो भए । सुनिल बसेलले दोस्रो तथा सुशिल न्यौपानेले तेस्रो स्थान हात पारे । छात्रा ३ किमितर्फ सुनिता गिरी, रजिना जोशी र नीता देवकोटाले पहिलो देखि तेस्रो स्थान हात पारे । छात्र र छात्राको शीर्ष तीन जनाले समान ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रोले २ हजार १ सय प्राप्त गरे । भेट्रान्सतर्फ धर्म महर्जन पहिलो, पुष्पलाल श्रेष्ठ दोस्रो तथा वैकुन्ठ मानन्धर तेस्रो भए ।
विसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो नै वर्षयता हुँदै आएको छ । पर्यटन प्रवर्द्धनसँगै खेल क्षेत्रको विकासका लागि पछिल्लो ९ वर्षयता, लिग लिग कोट विकास अभियानले निरन्तर लिगलिगे दौड प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी गराए ।
लिग लिगे दौडका अहिलेसम्मका विजेताहरु:
भुमिराज राई (इलाम, २०६७)
हरि कुमार रिमाल (धादिङ, २०६८)
समिर तामाङ (रामेछाप, २०६९)
कृष्ण बहादुर बस्नेत (रामेछाप, २०७०)
अनिष थापामगर (पर्वत, २०७१)
हरि कुमार रिमाल (धादिङ, २०७२)
अनिष थापामगर (पर्वत, २०७३)
खगेन्द्र बहादुर भाट (डोटी, २०७४)
अनिष थापामगर (पर्वत, २०७५)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]