default_image

7 years ago

October 25, 2018

दोस्रो भैरवी कपको उपाधि गठबन्धन कुरिनटारलाई

154 views

0 Bookmark

गोरखा – गोरखाको गण्डकी गाउँपालिका भुम्लीचोक ६ मा वडा दशैको अवसरमा आयोजित दोस्रो भैरवी कपको उपाधि गठबन्धन कुरिनटारले जितेको छ । फाइनल खेलमा आज गठबन्धन कुरिनटारले मुग्लिन ११ गठबन्धनलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

गठबन्धन कुरिनटारको तर्फबाट रमेस बर्ताैला र सविन बिडारिले १-१ गोल गरे । गठबन्धन मुग्लिनको तर्फबाट विकि राईले एक मात्र शान्त्वना गोल गरेका थिए । विजेता कुरिनटारले ६० हजार नगद, प्रमाण पत्र, ट्रफि र मेडल हात पार्दा उपविजेता मुग्लिन एघारले ४० हजार नगद सहित प्रमाण पत्र, ट्रफि र मेडलमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि गठबन्धन कुरिनटारका यदु सिलवालले हात पार्दा सर्वाधिक गोल कर्ता भने गठबन्धन मुग्लिनका विकि राई घोषित भए । उनले प्रतियोगितामा कुल ११ गोल गरेको थिए । त्यस्तै उत्कृष्ट गोलंरक्षकको उपाधि गठबन्धन कुरिनटारका समिर श्रेष्ठले हात पारे ।

‘हामी फुटबलमा मात्रै होइनौ भुम्लीचोकको समग्र विकासमा गर्दैछौ गोल’ भन्ने मुल नाराको साथ कात्तिक ३ गत्तेबाट सुरु प्रतियोगिता बिहिबार (आज) सम्पन्न भएको हो । प्रतियोगितामा कुल २६ टिमको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन सङ्घीय प्रतिनिधि सभाका क्षेत्र न १ गोरखाका सांसद हरिराज अधिकारीले गरेका थिए भने समापन गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले गरे ।

त्यसतै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर रहेका थिए । विशेष अतिथि गण्डकी गाउँपालिका वडा न ६ का अध्यक्ष जीवन गुरुङ रहेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक एल आर कन्स्ट्रक्सन प्रा.लि र सह–प्रयोजक महादेव भैरवी कन्स्ट्रक्सनले गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.