7 years ago
October 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् ।
केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई प्रशिक्षण दिँदै आएका पाभेलले ३ हजार डलर बराबरको खेल सामग्री प्रदान गरेको राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । खेल सामाग्रीमा ६ वटा बोर्ड, रोबोर्ट, बल र जर्सीलगायत रहेको पुरुषोत्तमले जानकारी दिए ।

सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल साही, स्वीस प्रशिक्षक पाभेल र एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरले नवनिर्मित टेबलटेनिस हलको उद्घाटन गरे । कार्यक्रममा गत ८ देखि २७ अक्टोबरसम्म भएको टेबलटेनिस प्रशिक्षण क्याम्पमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान समेत गरिएको थियो । कुल ६० खेलाडीले सहभागी क्याम्पमा स्वीस प्रशिक्षक पाभेलले प्रशिक्षण दिएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]