7 years ago
October 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी धावक बैकुन्ठ मानन्धरलाई पेप्सीकोला टाउनप्लानिङस्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले ‘करियर खेलाडी सम्मान २०७५’ बाट सम्मानित गर्ने घोषणा गरेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २
०७५ ’ प्रदान गर्ने निर्णय गरिएको बताए । विगत ५५ वर्षदेखि निरन्तर दौडिँदै आएका चर्चित धावक मानन्धरको दौडप्रतिको लगावको उच्च सम्मान गर्दै ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई ‘करियर स्रष्टा सम्मान ’ बाट सम्मानित गरेको थियो भने नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो ।
करियरले स्रष्टाको साथै खेलाडीलाई पनि सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै भविष्यमा विशिष्ट कलाकारहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल हेम राईले बताए । विद्यालयले यसै महिनाको अन्त्यतामा एक विशेष समारोहका बीच धावक मानन्धरलाई सो सम्मान दिने तय गरेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]