7 years ago
October 30, 2018
काठमाडौं (हाम्रा खेलकुद) – नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघल हरेक वर्ष आयोना गर्ने पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आठौं संस्करण कार्तिक अन्तिा सातादेखि हुने भएको छ ।
प्रतियोगिता कार्तिक २७ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगिता २०६८ बाट शुरु भएको थियो ।
प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु–१७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ बर्ष माथी) जोडी गरि ७ बिधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए ।
करिब १२ लाख लागतको अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष/महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले मेडल, ट्रफी प्रमाण पत्रका साथै नगद ५० हजार, २५ हजार र १० हजार, युगल तर्फ २०, १० र ५ हजार प्राप्त गर्नेछन् ।
यस्तै यु–१७ तर्फ छात्र तथा छात्रा दुवै तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, ७ हजार र ५÷५ हजार सहित मेडल, प्रमाण पत्र, ट्रफी प्राप्त गर्नेछन् । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिव २०० खेलाडीहरुले सहभागित जनाउने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको सातौं संस्करणमा पुरुष एकलमा सेनाका रत्नजित तामाङ, महिलातर्फ पूर्वाञ्चलकी जेशिका गुरुङ, पुरुष युगलतर्फ सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी तथा महिला तर्फ नङ्शल तामाङ र अनु राईको जोडी बिजयी भएका थिए । यस्तै यु —१७ मा छात्र तर्फ सेनाका प्रफुल महर्जन र छात्रा तर्फ पूर्वाञ्चलकी जेसिकाले बाजी मारेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]