default_image

10 years ago

March 17, 2016

सशस्त्रले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने

180 views

0 Bookmark

काठमाडौं, चैत ४

सशस्त्र प्रहरीको एपिएफले चैत्र तेस्रो साताबाट विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा बिहिबार पत्रकार सम्मेलन गर्दै बलका खेलकुद विभाग प्रमुख अतिरिक्त महानिरिक्षक सिंहबहादुर श्रेष्ठले भलिबल, ब्याडमिन्टन र लनटेनिस प्रतियोगिताबारे हुने जानकारी दिए । सशस्त्रले यही चैत १५ देखि १९ गतेसम्म सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियागिता हुनेछ । उपत्यका बाहिरबाट सहभागी हुने टिमलाई भत्ता र आउने जाने बस भाडा दिइने अतिरिक्त महानिरीक्षक श्रेष्ठले जानकारी दिए ।

3
चैत २१ गतेबाट १२औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता र आठौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता आयोजना हुनेछ । ब्याडमिन्टनमा कूल ११ इभेन्ट्स तथा लनटेनिस प्रतियोगितामा १४ स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताका खेलहरु बीडब्लुएफ र बीएसीको नियमअनुसार संचालन गरिनेछ । यसपटकदेखि प्रतियोगिताको मुख्य खेल तालिकामा प्रवेश गर्नुपूर्व ¥याङकिङ खेलाडीहरुबाहेक अन्य खेलाडीहरुले छनोट चरण खेल्नुपर्ने आयोजकले जनाएको छ । भेन्ट्रान्स इभेन्ट्स तथा मास्टर इभेन्ट्समा भाग लिने खेलाडीहरुले पुरुष एकल तथा पुरुष युगल इभेन्ट्सहरुमा भाग लिन पाउने छैन ।
लनटेनिसका खेलहरु आइटीएफ र एएनएलटिएको नियमअनुसार संचालन हुनेछ । उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल एपीएफ क्लवको लनटेनिस कोर्ट र सातदोवाटो स्थित अखिल नेपाल लनटेनिस कोर्टमा संचालन गरिनेछ ।
कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिताको कूल पुरस्कार राशी सात लाख ४० हजार रुपैयाँ, सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको कुल पुरस्कार राशी ६लाख ७८ हजार रुपैयाँ र सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
यी तीन प्रतियागिता आयोजना गर्न झन्डै १८ लाख ७३ हजार रुपैयाँ खर्च लाग्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.