10 years ago
March 21, 2016
धनगढी, चैत ८
धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत छनोट चरणको पहिलो खेलमा मंगलक्याम्पस रोड र अत्तििरया भिड्ने भएका छन् । लिग चरण अन्र्तगत सोमबार भएको खेलमा सन्तोषी टोलमाथि ८१ रनको फराकिलो जित निकाल्दै समूह विजेता बन्दै अत्तरिया छनोट चरणमा प्रतिद्धन्द्धी पाएको हो ।

लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले निर्धारित २० ओभरमा १३६ रन बनायो । क्याम्पसरोडका लागि सन्तोष भट्टले अभिजित ६२ रनको पारी खेले । विष्फोटक ब्याटिङ गरेका उनले ३२ बलको सामना गर्दै ८ चौका र २ छक्काको मदतले टीममा सवैभन्दा उच्च स्कोर बनाएका हुन् । त्यस्तै सरोज ऐरले २३ तथा रोमन बमले १५ रनको इनिङ खेले । सन्तोषी टोलका अमन भण्डारीले भोज राज भट्ट र महेश अधिकारीले पनि समान १ विकेट लिए ।
धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा जवाफी ब्याटिङमा सन्तोषी टोलले पुरै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । सन्तोषी टोलका लागि महेश अधिकारीले २१ तथा विजय रानाले १६ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा अन्तिम खेलमा पनि पराजित हुन पुग्यो । क्याम्पसरोडका चन्द्र सावँदले ३ तथा सन्तोष भट्ट र आशिष बमले समान २ विकेट लिए । क्याम्पस रोडका सन्तोष भट्ट म्यान अफ द म्याच घोषित भए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]